arrow

सांसद शर्माको केएमसीको टोली तल्लो भंगालमा, ४२८ बिरामीको निःशुल्क उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १९ बुधबार
kmc-81-5-19r.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको तल्लो भंगालमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

नेपाली कांग्रेस बुढानीलकण्ठ नगरपालिका वडा ८ कार्यसमितिको पहल तथा काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोगमा अनिता मिलन इन्टरनेशनल एकेडेमी तल्लो भंगालमा भएको शिविरमा ४२८ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

 बिरामीमध्ये ९६ जनाको भिडियो एक्सरे, ६७ जनाको ईसीजी, ८४ जनाको ल्याब परीक्षण गरिएको थियो । २३ जनाको दाँत निकालिएको थियो । बिरामीमध्ये २८ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ