arrow

एपीएफका दुवै टोली फाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २० बिहिबार
volleyball-apf.jpg

पोखरा । पोखरामा जारी लामाचौर कप खुला राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनशिपको फाइनलमा महिलातर्फ एपिएफ र न्यू डायमण्ड तथा पुरुषतर्फ एपिएफ र पुलिस उपाधिका लागि भिड्ने भएका छन् ।

प्रतियोगितामा एपिएफको दुवै टिम फाइनल पुगेको हो । यही भदौ २१ गते हुने फाइनलमा एपिएफले पुरुषतर्फ नेपाल पुलिस र महिला तर्फ टिपटप न्यू डायमण्ड युथ स्पोट्र्स क्लबको सामना गर्ने भएको हो ।

महिलातर्फ भएको लिग चरणको अन्तिम खेलमा न्यू डायमण्डले एपिएफलाई ३-० को सोझो सेटमा हराउँदै शीर्षस्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेट २५-२३ र तेस्रो सेट समेत २५-२३ ले हराउँदै शीर्षस्थानमा उक्लिएको हो ।

डायमण्डले लिगचरणमा गण्डकी र एभरेष्ट भलिबललाई ३-० को सोझो सेटमा हराएको थियो । ‘राउन्ड रोविन लिग’ को आधारमा भएको खेलमा कूल चार टिमको सहभागिता रहेको थियो ।

हारपश्चात एपिएफ दोस्रो स्थानमा रहँदै फाइनल खेल्ने भएको छ । एपिएफको तीन खेलबाट छ अङ्क रह्यो । एपिएफले लिग चरणमा एभरेष्टलाई ३-० को सोझो सेट र गण्डकीलाई ३-१ को सेटमा हराएको थियो ।

यसैगरी पुरुषतर्फ नेपाल पुलिस एक खेल अगावै फाइनल प्रवेश गरे पनि अन्य टिमको टुङ्गो भने बिहीबारमात्रै लाग्यो ।

धबार निर्धारित समयअनुसार एपिएफ र गण्डकीको खेल खराब प्रकाशका कारण हुन नसकेपछि बिहानमात्रै खेल भएको थियो । उक्त खेलमा एपिएफले गण्डकीलाई ३-० को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको हो ।

एपिएफले गण्डकीमाथि २५-१८, २५-२३ र २५-१६ को हार व्यहोरेको हो । एपिएफको दुई खेलबाट छ अङ्क भएको छ ।

यता पुलिसको पनि छ अङ्कनै छ । दुवै टोलीको ६-६ अङ्क रहे पनि शीर्षको होडमा लिगचरणको अन्तिम खेल खेलेका पुलिस र एपिएफको खेल समेत प्रकाश अभावका कारण रोकिएको छ ।

पुलिस र एपिएफले १-१ सेट जिते । पहिलो सेट पुलिसले २५-१८ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पुलिस १९-२५ ले पछि पर्यो ।

प्रतिष्ठाको खेलमा गण्डकीले गलकोटलाई ३-२ को सेटमा हरायो । पहिलो सेट २५-२२ ले जितेको गण्डकीले दोस्रो सेट २१-२५ ले गुमायो । तेस्रो सेट २५-१७ जितेपनि पुनः चौथो सेटमा २४-२६ को हार व्यहोर्यो ।

अन्तिम तथा फाइनल सेटमा १५-१३ को जित निकाल्न सफल भएको हो । यससँगै गण्डकीको तीन खेलबाट खेलबाट दुई अङ्क रहँदा गलकोटको एक अङ्क रहेको छ ।

प्रतियोगिताको महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतीय हुने टिमले क्रमशः नगद रु एक लाख ५० हजार एक सय ११, रु एक लाख एक सय ११ र ५० हजार एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक नवआदर्श विकास समाजका अध्यक्ष स्वागतसिंह भण्डारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ