arrow

लामाचौर कप भलिबलमा एपीएफ च्याम्पियन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २१ शुक्रबार
volleyball-apf-win.jpg

पोखरा । पोखरामा भएको लामाचौर कप भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फको उपाधि सशस्त्र प्रहरीको एपीएफले जितेको छ ।

आज भएको फाइनल खेलमा टिपटप न्यू डायमण्ड युथ स्पोर्टस क्लबलाई ३-१ को सेटमा हराउँदै एपीएफले उपाधि जितेको हो ।

पहिलो सेट २५-२३ ले जितेको एपीएफले दोस्रो सेटमा पनि २५-२३ ले नै जित हासिल गरेको थियो । तर तेस्रो सेटमा डायमण्डले २५-१३ को जित हासिल गर्दा चौथो सेटमा एपिएफले २५-१० ले जित निकालेको थियो ।

यसअघि लिगचरणको अन्तिम खेलमा भने न्यू डायमण्डले एपीएफलाई ३-० को सोझो सेटमा हराएको थियो ।

उपाधि विजेता एपीएफले एक लाख ५० हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार हात पारेको छ । उपविजेता न्यू डायमण्डले एक लाख एक सय ११ रुपैयाँ हात पारेको छ ।

प्रतियोगितामा एभरेष्ट भलिबल क्लबले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको छ ।

एभरेष्टले गण्डकीलाई २५-१५, २५-१ र २५-१७ ले हराएको थियो । तेस्रो हुन सफल एभरेष्टले ५० हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार हात पारेको छ ।

यता, पुुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा ट्राभल इन्क्वाईरी गलकोटले गण्डकी प्रदेशलाई सोझो सेटमा हराएको छ ।

लिग चरणको खेलमा गण्डकीले गलकोटमाथि ३-२ सेटमा हराएको थियो । तर तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धाधा गलकोटले गण्डकीलाई २७-२५, २५-२२ र २५-२२ ले हराएको हो ।

तेस्रो भएको गलकोटले ५० हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको हो । पुरुषतर्फको उपाधिका लागि नेपाल पुलिस र एपीएफ उपाधिका लागि आजै भिड्दै छन् ।

नव आदर्श सामुदायिक विकास समाजद्वारा आयोजित प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ चार टिम सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ