arrow

फिर्ता भयो फेसबुकले हटाएको बालेनको पोष्ट 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २१ शुक्रबार
oli-balen-2081.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । काठमाडौँ महानगरका मेयर वालेन्द्र साह बालेनको पोष्ट फेसबुकले फिर्ता गरेको छ । एमाले लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई लक्षित गर्दै लेखेको घरेलु बाल श्रमसम्बन्धी स्ट्याटसलाई फेसबुकले केही दिनअघि हटाएको थियो ।

बालेनले भने आफ्नो पोस्ट सरकारले हटाएको भन्दै प्रधानमन्त्री केपी ओलीविरुद्ध आक्रोशित बनेका थिए । बालेनको पोष्टमा रिपोर्ट गरेर हटाउन भूमिका खेलेको भन्दै बालेनका समर्थकले ओलीको फेसबुक पेजमा अनफलोको अभियाननै चलाएका थिए ।

यस क्रममा बालेन र ओलीका समर्थक एक आपसमा डिजिटल लडाइँमा लागेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ