arrow

राष्ट्रिय भलिबलमा पुलिस च्याम्पियन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २२ शनिबार
nepal-police-winner-pokhara.jpg

पोखरा । लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । शनिबार सम्पन्न रोमाञ्चक फाइनल खेलमा अर्को विभागीय टोली एपीएफलाई ३-२ को सेटमा हराउँदै पुलिसले उपाधि चुमेको हो । पुलिस क्लब गत वर्षको उपविजेता हो । नव

यसअघि शुक्रबार हुने फाइनल खेल खराब प्रकाश (लाइट प्रोटेस्ट)का कारण १-१ सेटको बराबरीमा रोकिएपछि शनिबार खेलाइएको थियो । पुलिसले पहिलो सेट २५-१६ को सहज जित निकाले पनि दोस्रो सेटमा २१-२५ को हार व्यहोरेको थियो ।

तेस्रो सेटमा पुनःखेलमा फर्कँदै पुलिसले २५-१९ को जित हासिल गर्‍यो तर चौथो सेटमा एपीएफ खेलमा फर्कँदै २५-२२ को जित निकालेपछि खेल २-२ सेटको बराबरीमा पुगेको थियो । अन्तिम सेटसमेत निकै रोमाञ्चक बन्यो ।

दुवै टिमले निकै सङ्घर्ष गरे पनि अन्ततःनतिजा भने पुलिसको पक्षमा रह्यो । पुलिसले अन्तिम सेटमा १६-१४ को जित निकाल्दै उपाधि चुमेको हो । उपाधिसँगै पुलिसले नगद रू एक लाख ५० हजार हात पारेको छ । उपविजेता एपीएफले रू एक लाख एक सय ११ प्राप्त गर्यो ।

प्रतियोगितामा नेपाल पुलिस क्लबका सञ्जुविक्रम शाह सर्वाेत्कृष्ट खेलाडी घोषित भए । सोही क्लबका बलराम गुरुङ उत्कृष्ट सेटर, भिम गाहा उत्कृष्ट डिफेन्डर र सफल विक उत्कृष्ट ब्लकर घोषित भए ।

यस्तै, एपीएफका हेमन्त मल्ल उत्कृष्ट सर्भर, विजय थापा उत्कृष्ट स्पाइकर र पुलिस क्लबका चन्द्र कुवँर उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरू सबैलाई समान रू पाँच-पाँच हजार, ट्रफी र मेडल पुरस्कार प्रदान गरियो ।

प्रतियोगिताको महिलातर्फको उपाधि भने एपीएफले उचालेको थियो । शुक्रबार सम्पन्न फाइनल खेलमा न्यू डायमण्डलाई ३-१ को सेटमा हराउँदै उपाधि चुमेको हो ।

पहिलो सेट २५-२३ ले हराएको एपीएफले दोस्रो सेटमा पनि २५-२३ कै जित हासिल गर्‍यो तर तेस्रो सेटमा १३-२५ को हार बेहोरेको एपीएफले चौथो सेटमा २५-१० ले हराउँदै उपाधि चुमेको हो ।

प्रतियोगिताको महिला-पुरुष दुवैतर्फ चार-चार टिमको सहभागिता रहेको थियो । प्रतियोगिता यही भदौ १९ गतेदेखि सञ्चालन भएको थियो ।

आदर्श सामुदायिक विकास समाजले आफ्नो वार्षिकोत्सव तथा हरितालिका तीजको अवसरमा प्रतियोगिता आयोजना गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ