arrow

हवाई दुर्घटना जाँचबुझका लागि छुट्टै संस्था स्थापना हुन्छ- पर्यटनमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
badri-pandey-81-5-23.jpg

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई दुर्घटना जाँचबुझका लागि छुट्टै संस्था स्थापना गर्ने घोषणा गरेका छन् । नेपालमा हवाई दुर्घटनापछि गठित छानबिन समितिको विश्वसनीयतामाथि प्रश्न उठाउने काम भइरहेका बेला मन्त्री पाण्डेले सो कुरा बताए । उनले त्यसका लागि आवश्यक ऐन बनाउनका लागि सरकारले गृहकार्य गरिरहेको पनि बताए । 

आइतबार भक्तपुरमा आयोजित ‘नेपालमा हवाई सुरक्षा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले हवाई दुर्घटना छानबिनको लागि जाँचबुझ गर्ने छुट्टै निकाय बनाउने अभ्यास अन्य देशहरूमा पनि भएकाले सरकारले पनि त्यसलाई बनाउने तयारी गरेको स्पष्ट पार्नुभयो । उनले हवाई सुरक्षालाई ध्यानमा राखेर सरकारले गैर सैनिक हवाई ऐनलाई परिमार्जन गर्ने कामलाई पनि अघि बढाएको बताए । 

मन्त्री पाण्डेले भने, ‘गैरसैनिक हवाई ऐन त्यो पनि निकै पुरानो रहेको छ । र हामी हामी समसामयिक परिमार्जन गर्ने गरी मन्त्रालयले आफ्नो काम गरिरहेको अवस्था छ । सँगैमा अर्को ऐन पनि दुर्घटना हुन्छ । दुर्घटनापछि जाँचबुझका लागि समितिहरू बन्छन । त्यो समितिले कामहरू त गर्दछन् । तर त्यसको निरन्तरता, त्यसको अविछिन्न उत्तराधिकार बोक्ने संस्था हुँदैन । र जाँचबुझ हुने सन्दर्भमा प्रोफेसनालिज्म पनि रहँदैन भनेर अरू देशमा पनि भएको प्राक्टिस जाँचबुझका लागि एउटा स्थायी प्रकृतिको संस्था चाहिन्छ, संरचना चाहिन्छ भनेर त्यसका निम्ति पनि अलग ऐनको आवश्यकता परेको छ भन्ने हामीलाई लागेरै त्यसको ड्राफ्ट पनि बनाउने क्रममा छौँ हामी । त्यो पनि होमवर्क भइरहेको छ । म त्यो पनि जानकारी गराउन चाहन्छु । ’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ