arrow

चुनाव गराउन नसकेको आत्मआलोचनासहित पत्रकार महासंघका अध्यक्ष पोख्रेलले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
bipul-pokhrel-patrakar.jpg

काठमाडौँ । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले राजीनामा दिएका छन् । पटक पटक निर्वाचनको मिति तोकिए पनि निर्वाचन हुन नसकेपछि नैतिकताको आधारमा उनले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई कार्यवाहकको जिम्मेवारी सुम्पेर राजीनामा दिएका हुन् । 

उनले महासंघको विधानको व्यवस्थाअनुसार महाधिवेशन सम्पन्न गरी निर्वाचन प्रक्रिया प्रारम्भ गरेको अवस्थामा विभिन्न कारणले निर्वाचन हुन नसकेको र दुई पटक तोकिएर समयमा हुन नसकेको निर्वाचनको मिति तेस्रो पटक तोकिएको उनले उल्लेख गरेका छन् । 

निकै प्रयास गरे पनि एक हप्तासम्म कार्यतालिका ल्याउन नसक्नुले निर्वाचनप्रति पनि सर्वस्वीकार्य हुने महसुस नगरेको भन्दै राजीनामा दिएको बताएका हुन् । 

अध्यक्ष पोख्रेलले ‘सदस्यता विवाद समाधान गरी त्यसमा स्वीकार्यता स्थापित गरी प्रक्रियागत रुपमा अगाडि बढ्नका लागि बोलाइएको उपलब्ध पदाधिकारी र सदस्यहरुको बैठक चल्दै गर्दा बीचबाट केही साथीहरु बाहिरिनु, केही पदाधिकारीले उपस्थितिमै हस्ताक्षर नजनाउनु तथा सिंगो बैठकले सदस्यताको सूचीप्रति अपनत्व जनाउन आनाकानी गर्नुले अब हुने निर्वाचनप्रति पनि सर्वस्वीकार्यता हुने महसुस गरेन’, राजीनामा पत्रमा भनेका छन् । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ