arrow
ADVERTISEMENT

सांसद शर्माको केएमसीको टोली बीपी संग्रहालयमा, १५१ जनाको स्वास्थ्य परीक्षण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
bishwaprakash-checkup-81-5-.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काठमाडौँको कपनमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

लाइन्स क्लब अफ काठमाडौँ कपनको आयोजनामा बीपी संग्रहालयमा भएको शिविरमा १५१ जनाले परीक्षण गराएका थिए ।

जननायक बीपी कोइरालाको १११ औँ जन्मजयन्तीको अवसरमा भएको स्वास्थ्य परीक्षणमा ७ जना चिकित्सकको टोलीले सुगर, प्रेसरको परीक्षण तथा सामान्य खालको स्वास्थ्य जाँच गरेको थियो । 

उक्त परीक्षण नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालेसमेत गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ