arrow
ADVERTISEMENT

नदङ्गलमा बस र लरी ठोक्किँदा कम्तीमा १६ जनाको मृत्यु, २२ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २४ सोमबार
accident-final.jpg
तस्बिर – फाइल ।

डाकार । पश्चिम अफ्रिकी देश सेनेगलको मध्य भागमा सोमबार बिहान एउटा बस र लरी ठोक्किँदा कम्तीमा १६ जनाको मृत्यु हुनुका साथै २२ जना घाइते भएका छन् । दुर्घटना स्थानीय समयानुसार बिहान ६ बजे नदङ्गलमा गाउँ नजिकै भएको थियो ।

सडक र सवारी साधनहरूको खराब अवस्था, लापरबाहीपूर्ण ड्राइभिङ र कानून लागू गर्न वा ड्राइभिङ इजाजतपत्र जारी गर्न जिम्मेवार भ्रष्ट अधिकारीहरूका कारण सेनेगलमा सडक दुर्घटनाहरू प्रायः बारम्बार हुन्छन् ।

अगस्तमा राष्ट्रपति बसिरो डिओमाये फाएको सरकारले सडक दुर्घटनामा भएको वृद्धिको प्रतिक्रियामा ठोस कारबाही गर्ने वाचा गरेको थियो । यातायातमन्त्री एल मलिक एनडियाले सडक छेउमा जाँच बढाइने र जरिवाना बढाइने घोषणा गरे । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ