arrow

चौध सामुदायिक विद्यालयका विद्यार्थीलाई शान्ति शिक्षा नेपालले बाँड्यो पुस्तिका

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २५ मंगलबार
shanti-shikchaya-abhiyan-81.jpg

काठमाडौँ । शान्ति शिक्षा अभियान नेपालले ललितपुरको महालक्ष्मी नगरपालिका भित्रका १४ वटै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई अंग्रेजी र नेपाली हस्तलेखत पुस्तिका निःशुल्क रुपमा वितरण गरेको छ । 

विशेषगरी शिक्षा क्षेत्रमा काम गरिरहेको संस्थाले महालक्ष्मी नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा २ देखि ५ सम्मका विद्यार्थीहरुलाई निःशुल्क रुपमा पुस्तिका वितरण गरेको हो ।

महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जनले महेन्द्र आदर्श माविका प्रिन्सिपल एकबहादुर भण्डारीलाई पुस्तिकाहरु हस्तान्तरण गरी सो कार्यक्रमको उद्घाटन गरिन् ।

सामुदायिक विद्यालययका २ हजार ३ सय विद्यार्थीहरुलाई पुस्तिका निःशुल्क रुपमा वितरण गरिएको शान्ति शिक्षा अभियान नेपालका प्रमुख रविन्द्र महर्जनले जानकारी दिए ।

अब हरेक वर्ष सबै विद्यार्थीहरुलाई हस्त लेखन तालिम दिनुका साथै निःशुल्क रुपमा पुस्तिका वितरण गर्ने उद्घोषसमेत उनले गरे ।

महालक्ष्मी ४ इमाडोलमा संस्थाको नाममा ७ आना जग्गा खरिद गरी साढे चार तल्ले सामुदायिक बहुउद्धेश्यीय स्रोत केन्द्र तथा पुस्तकालय भवन निर्माणाधीन अवस्थामा छ। उक्त भवनमा प्रविधि युक्त पुस्तकालय, सेमिनार हल र विदेशी स्वेयम सेवकहरु खान बस्नको लागि डोर्मीटोरी कोठाहरू रहनेछन् ।

छोरीलाई दाइजो होइन शिक्षा दिऔँ, बालविवाह अन्त्य गरौँ जस्ता नाराका साथ संस्थाले शैक्षिक अभियान चलाइरहेको छ ।

सोही अभियानलाई सार्थक तुल्याउन पत्रकार कल्पना महर्जनले संस्थाको झण्डा नेपाल र चीन दुवै मोहडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहर्‍याएकी थिइन् । 

सगरमाथा आरोही कल्पना महर्जनले दोस्रो पटक सगरमाथा आरोहण गर्दा 'शिक्षाको माध्यमले बालविवाह रोकथाम अभियान' को नारा सर्वोच्च शिखरबाट घन्काई विश्व कीर्तिमान राखेकी थिइन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ