arrow
ADVERTISEMENT

यी हुन् भदौ २४ मा बसेको मन्त्रिपरिषद् बैठकका निर्णय [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
prithivi-subba-05-24.jpg

काठमाडौँ । सरकारले अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गरेको छ । भदौ २४ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सो जानकारी दिए । 

सरकारले २०८१ असोज २१ गते थाइल्यान्डमा आयोजना हुने एक्सेलेरेटिङ इम्पिमेण्टेसन अफ एक्सन प्लान टु स्ट्रेन्थेन रिजनल कोअप्रेशन सोसियल प्रोटेक्शन बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाराकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी नि.लाई १५-१५ हजार मेट्रिक टन गरी कुल ३० हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिई आयात गर्न स्वीकृति दिने, नेपाल विद्युत् प्राधिकरण र एस.जे.भि.एन. लिमिटेडबीच संयुक्त उपक्रममार्फत अरुण–४ जलविद्युत आयोजनाको विकासको लागि हस्ताक्षर भएको समझदारी पत्रको म्याद एक वर्ष थप गर्ने निर्णय पनि गरेको छ । 

चित्रलेखा यादवलाई अस्ट्रेलियाका लागि आवासीय नेपाली राजदूत पदमा र गणतन्त्र फिजी न्युजिल्याण्ड, पपुआन्युगिनी, भानुआटु, टुभालु, सोलोमन आइल्याण्ड्स, सामोआ गणतन्त्र पुलाउ, गणतन्त्र नाउरु, गणतन्त्र मार्शल, आइल्याण्ड्स र टोंगा अधिराज्यको लागि गैरप्रवासीय राजदूतको पदमा एक अवधि चार वर्षका लागि नेपालको संविधानको धारा २८२ बमोजिमको नियुक्तिका लागि सिफारिस गरेको छ । 

त्यस्तै सरकारले भू उपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, आर्थिक वर्ष २०८१-८२ का लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्मा १५ र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिमा राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने, मिति २०८१-६-८ देखि ऐ. १० सम्म इन्डोनेसियामा आयोजना हुने पाचौं मिनिस्टरियल मिटिङ कार्यक्रममा सहभागी हुन माननीय वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृति प्रदान गर्ने र मिति २०८१-५-२५ देखि २८ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुन गइरहेको दोस्रो एसिया प्यासिफिक मिनिस्टिरियल कन्फ्रेन्समा सहभागिताको लागि मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

उनले भने, ‘२०८१ असोज २१ गते थाइल्यान्डमा आयोजना हुने एक्सेलेरेटिङ इम्पिमेण्टेसन अफ एक्सन प्लान टु स्ट्रेन्थेन रिजनल कोअप्रेशन सोसियल प्रोटेक्शन बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाराकुमार श्रेष्ठलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने । 
अर्थ मन्त्रालय र मातहत कार्यालयहरूको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न स्वीकृति प्रदान गर्ने । साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी नि.लाई १५-१५ हजार मेट्रिक टन गरी कुल ३० हजार मेट्रिक टन चिनीको आयातमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिई आयात गर्न स्वीकृति दिने । नेपाल विद्युत् प्राधिकरण र एस.जे.भि.एन. लिमिटेडविच संयुक्त उपक्रममार्फत अरुण–४ जलविद्युत आयोजनाको विकासको लागि हस्ताक्षर भएको समझदारी पत्रको म्याद एक वर्ष थप गर्ने ।

सिराहा निवासी श्री चित्रलेखा यादवलाई अस्ट्रेलियाका लागि आवासीय नेपाली राजदूत पदमा र गणतन्त्र फिजी न्युजिल्याण्ड, पपुआन्युगिनी, भानुआटु, टुभालु, सोलोमन आइल्याण्ड्स, सामोआ गणतन्त्र पुलाउ, गणतन्त्र नाउरु, गणतन्त्र मार्शल, आइल्याण्ड्स र टोंगा अधिराज्यको लागि गैरप्रवासीय राजदूतको पदमा एक अवधि (चार वर्ष का लागि नेपालको संविधानको धारा २८२ बमोजिमको नियुक्तिका लागि सिफारिस गर्ने । 
भू उपयोग (दोस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने । 

आर्थिक वर्ष २०८१-८२ का लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत राष्ट्रिय युवा परिषद्मा १५ र फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिमा राजपत्राङ्कित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने।
मिति २०८१-६-८ देखि ऐ. १० सम्म इन्डोनेसियामा आयोजना हुने पाचौं मिनिस्टरियल मिटिङ कार्यक्रममा सहभागी हुन माननीय वन तथा वातावरण राज्यमन्त्रीलाई स्वीकृति प्रदान गर्ने।
मिति २०८१-५-२५ देखि २८ सम्म भारतको नयाँ दिल्लीमा आयोजना हुन गइरहेको दोस्रो एसिया प्यासिफिक मिनिस्टिरियल कन्फ्रेन्समा सहभागिताको लागि माननीय मन्त्री बद्रीप्रसाद पाण्डेलाई स्वीकृति प्रदान गर्ने । 
अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि कार्यान्वयनसम्बन्धी राष्ट्रिय प्रतिवेदन स्वीकृत गरी युएनसिआरपिडी समितिमा पेस गर्ने ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ