arrow
ADVERTISEMENT

एनएसजेएफ अवार्डमा केल्मीको साथ निरन्तर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
nsjf-kelme-2081.jpg

काठमाडौँ । खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०८०’ को २१ औं संस्करणका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीको नेपालको आधिकारिक बिक्रेता कामरु टे«डिङ प्रालिसँग सहप्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ । 

यही भदौ २८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड’को सहप्रायोजनका लागि मञ्चका महासचिव प्रज्वल ओली र कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक उत्तम न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

कामरुका निर्देशक न्यौपानेले स्पोर्ट्स अवार्डसँग पुनः सहकार्य गर्न पाएकोमा आभार व्यक्त गर्दै नेपाली खेलकुदको विकास र प्रवद्र्धन कार्यमा आफ्नो तर्फबाट निरन्तर सहयोग रहने बताए । 

कामरु ट्रेडिङ प्रालि अन्तर्राष्ट्रिय स्पोर्ट्स ब्रान्ड केल्मीबाट उत्पादित सामग्रीको बिक्री–वितरण गर्ने नेपालको आधिकारिक संस्था हो ।
सह–प्रायोजक बनेवापत् केल्मी नेपालले अवार्डमा मञ्चका सदस्यका लागि केल्मी ब्रान्डको पोसाक उपलब्ध गराउने छ ।

पल्सर स्पोर्ट्स अवार्डअन्तर्गत पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको छ । यसपालि वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधामा समान ५–५ खेलाडी÷प्रशिक्षकको मनोनयन भइसकेको छ । त्यसमध्येबाट अवार्ड कार्यक्रमको दिन विजेता घोषणा हुनेछ ।

पिपल्स च्वाइस विधाको मनोनयन पनि सार्वजनिक भइसकेको छ । पिपल्स च्वाइस विधाको मनोनयनमा गुलसन झा (क्रिकेट), कविता भट्ट (भलिबल), मानमती विष्ट (कबड्डी), प्रीति राई (फुटबल) र श्रीराम श्रेष्ठ (रग्बी) रहेका छन् । उनीहरूको ई–सेवाबाट भोटिङ भइरहेको छ ।

त्यसबाहेक आयोजक नेपाल खेलकुद पत्रकार मञ्चको आधिकारिक फेसबुक पेज एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड र मुख्य प्रायोजक हंशराज हुलासचन्द कम्पनीको आधिकारिक फेसबुक पेज पल्सर नेपालबाट लाइक, सेयर र कमेन्ट गरेर पनि भोट गर्न सकिन्छ । 

त्यसबाहेक राष्ट्रिय खेलकुद संघका प्रमुख प्रशिक्षक र खेलकुद पत्रकार मञ्चका सदस्यले मत दिन पाउनेछन् ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ