arrow
ADVERTISEMENT

सर्वोच्चले माग्यो पर्यटन बोर्डको सीईओ नियुक्तिको विषयमा लिखित जवाफ, दिएन अन्तरिम आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २६ बुधबार
supreme-court-photo-oli.jpg

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीको नियुक्तिविरुद्ध परेको रिट निवेदनमा लिखित जवाफ माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ ।
     
न्यायाधीश कुमार चुँडालको एकल इजलासले बुधबार उक्त विवादमा १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको हो । प्रमुख कार्यकारी अधिकृतका अर्का प्रतिस्पर्धी धनञ्जय रेग्मीले मङ्गलबार जोशीको नियुक्तिलाई कार्यान्वयन नगर्न आदेश माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

परीक्षामा आफूले बढी नम्बर प्राप्त गरे पनि वियम विपरीत जोशीलाई नियुक्ति गरिएको उल्लेख गर्दै रिट निवेदनमा बोर्डको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरिएको छ ।

सर्वोच्चले अन्तरिम आदेश नदिई लिखित जवाफ मागेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ