arrow
ADVERTISEMENT

धर्मको शर्म

पशुपतिको कोटीहोमका आयोजकलाई हाइसन्चो, दान दिनेको चित्त दुखाइ [तस्बिर]

साउनभर एक महिनासम्म कोटीहोम गरेर करोडौँ दान संकलन गरेको फाउन्डेशनले उल्टै ७२ लाख ५० हजार रुपैयाँ घाटा लागेको जनायो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
bijay-bhandari-krishnamurti.jpg

काठमाडौँ । विभिन्न सहयोगी कर्मका काम गर्ने भनेर डंका पिटेर कोटीहोम लगाएको मानव सेवा फाउन्डेशन नेपालले घाटा लागेको भन्दै पत्रकार सम्मेलन गरेको छ । 

साउनभर एक महिनासम्म कोटीहोम गरेर करोडौँ कमाई गरेको फाउन्डेशनले बिहीबार पत्रकार सम्मेलन गरी उल्टै ७२ लाख ५० हजार रुपैयाँ घाटा लागेको जानकारी दिएको हो । 

फाउन्डेशनका विजय भण्डारी (स्वघोषित–कृष्णमूर्ति जी महाराज) ले कोटीहोममा २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको तर कोटीहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको जानकारी दिए । 

जसअनुसार  ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमूर्तिले बताए । महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ आउन बाँकी रहेको पनि उनले बताएका छन् । उनले आफूलाई स्वघोषित महाराजसमेत भन्दै आएका छन् । 

आपराधिक पृष्ठभूमिका कृष्ण्मूर्ति विभिन्न आरोपमा पटक पटक जेल बसेका व्यक्ति हुन् । छानबिनकै लागि साउनको समापनको राति प्रहरी टोली गएको भए पनि आयोजकले प्रहरीमाथि जाइलागेको थियो । समाचार संकलनका लागि गएका संचारकर्मीसमेत कुटाइमा परेका थिए । 

कोटीहोममा निस्वार्थ भावनाले सहयोग गर्न लाखौँ मानिस पुगेका थिए । तर दुर्भाग्य घाटामा परेको भनेपछि उनीहरुको चित्त दुखेको छ । कतिपय पंडितहरुले कोटीहोम शुरु हुनुअघि नै यसबारे गम्भीर प्रश्न उठाएका थिए । 

यो ठगी भएको भनेर बताएका थिए । यद्यपि जिम्मेवार निकाय तमासे बनेसँगै अहिले ती कोमल मन भएका दान दाताहरु उद्धेश्य पूरा नभएको भन्दै चिन्तित देखिएका छन् । उनीहरुले धर्मको नाममा आफूहरु ठगिएकोसमेत बताएका छन् । 

पशुपति क्षेत्र, (वनकाली) हंस मण्डप, काठमाडौंमा पशुपति कोटीहोम नेपाल माहात्म्य तथा १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ २०८१ आयोजना गरिएको थियो । 

अनाथ तथा आधारभूत आवश्यकताबाट वञ्चित बालबालिकाहरुलाई निःशुल्क रुपमा गास, वास, कपास, स्वास्थ्य र शिक्षा प्रदान गर्दै आइरहेको नेपालकै नमूना मामाघर अनाथालय आश्रम, ललितपुर र बेसहारा, पीडित, दुःखी, गरिब र आधारभूत आवश्यकताबाट वञ्चित ज्येष्ठ नागरिकहरुलाई निःशुल्क रुपमा गास, वास, कपास र स्वास्थ्य प्रदान गर्दै आइरहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणसँगै राष्ट्र शान्ति, विश्व कल्याण एवं गौरक्षार्थ महायज्ञ आयोजना गरिएको बताइएको थियो ।

अहिले आएर उनीहरुको नाम देखाइ फाउण्डेशनले दान बटुलेको भए पनि उल्टै घाटामा परेको देखाएर सम्बन्धित जिम्मेवार निकायलाई झापड हानेको छ । 

कोटीहोम महायज्ञमा राधिका दासी, देवी प्रतिभा, दीनवन्धु पोखरेल, डा. कान्ता भट्टराई, देवी चन्द्रकला सखी लगायतबाट कथा वाचन भएको थियो । 

उक्त कोटीहोममा सरकारका मन्त्रीहरु, सचिवहरु, सांसदहरु, नेताहरुसमेत पुगेका थिए । 

जिम्मेवार निकायले यस विषयमा गम्भीर भएर छानबिन गर्ला कि फेरि पनि तमासे बनेर गैरजिम्मेवार बन्ला भन्ने चासोको विषय बनेको छ । 

bijay-bhandari-krishnamurti (5).jpg
bijay-bhandari-krishnamurti (6).jpg
bijay-bhandari-krishnamurti (1).jpg
bijay-bhandari-krishnamurti (2).jpg
bijay-bhandari-krishnamurti (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ