arrow
ADVERTISEMENT

खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानून बनाउन सरकारलाई समितिको निर्देशन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
samiti-khelkud.jpg

काठमाडौँ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानूनको ड्राफ्ट गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको छ । बिहीबारको समितिको बैठकले खेलकुद क्षेत्रको विकासका लागि छुट्टै कानूनको ड्राफ्ट गर्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएको हो । समिति सभापति अम्मरबहादुर थापाले खेलकुद क्षेत्रको विकासका लागि मन्त्रालयले तत्काल कानूनको व्यवस्था गरेर अघि बढ्न निर्देशन दिए । 

उनले आफ्नो अनुकूलतामा कार्यविधि बनाएर अघि बढ्ने कुरा राम्रो नभएको बताए । उनले कानूनको समस्या छ भने ड्राफ्ट गरेर समितिमा ल्याउन निर्देशन दिए । फास्ट ट्रयाकमा कानून बनाउने गरी समिति अघि बढ्ने पनि बताए । उनले खेलकुदलाई कसरी प्राथमिकता दिने भन्नेबारेमा समिति नै गम्भीर रहेको बताए । खेलकुदको कानून नै चाहिएको छैन झैँ गरी अहिले समितिमा कुनै पनि कानूनहरुको बारेमा चर्चा नै नभएको बताए । 

उनले भने, ‘खेलकुद क्षेत्रको विकासका लागि मन्त्रालयले तत्काल कानूनको व्यवस्था गरेर अघि बढ्नुपर्छ । एउटा छुट्टै कानूनको विपरीत नियमावली, कार्यविधि बनाएर अगाडि बढ्नेकुराले खेलकुदलाई आफ्नो अनुकूलको कार्यविधि बनाएर खेलकुदलाई चलाउने कुरा यो राम्रो होइन । गैरजिम्मेवार नै हुन्छ । मलाई आएको गुनासो यो पनि छ । त्यो हिसाबले अघि बढ्न र तपाईंहरुलाई कानूनको समस्या छ भने ड्राफ्ट गर्नुस्, कसरी फास्ट ट्रयाकमा अघि बढाउने बढाउँछौँ । खेलकुदलाई कसरी प्राथमिकता दिने भन्ने कुरामा हामी पनि चिन्तित छौँ । तपाईंहरुलाई सहयोग कसरी गर्न सकिन्छ ? भनेर नै हामी सोचिरहेका छौँ । कानून केके बनाउनु पर्छ , अहिले कानून बनाउनेमा शिक्षा, सूचनाको आइरहेको छ । खेलकुदको कानून नै चाहिएको छैन की । कतै छलफल नै छैन । स्वास्थ्यमा प्रशस्त चाहिएको छ तर पनि आउँदैन ।’

बैठकमा नेकपा एमालेका सांसद छविलला विश्वकर्माले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समय भित्रै सम्पन्न गर्न जोड दिए । उनले समयमै हुन नसक्ने हो भने निश्चित समय निर्धारण गरी सहज रूपमा खेलकुदका गतिविधि अघि बढाउन सकिने बताए । उनले सम्भावना हेरेर उचित ठाउँमा खेलकुदका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिए । 

उनले भने, ‘दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई समय भित्रै सम्पन्न गर्न जोड दिऔँ । अहिले त्यो सम्भावना छैन भने समयभित्रै जानुपर्छ भन्नेमा किन जाने त ? धेरै लामो समय लम्बिने त होइन । कति चाहिने हो ? तपाईँहरूको अध्ययनले के देखाउँछ । कति समयमा त्यो प्रतियोगिता गर्न सम्भव छ ? त्यस किसिमले अघि बढौँ । तर आलटाल गर्ने ठाउँ दिनु हुँदैन । सम्भावना हेरेर उचित ठाउँमा खेलकुदका गतिविधि गर्नुपर्छ ।’ 

समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले खेलकुद क्षेत्रको महत्त्व बढ्दै गइरहेको बताइन् । उनले सीमित श्रोत र साधनका बावजुत पनि नेपाली खेलाडीहरुले विकास र राष्ट्रको गौरव बढाउँदै आएको बताइन् । समितिको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले युवाहरूलाई समेट्ने गरी, युवालाई प्रोत्साहन दिने गरी र युवालाई देशभित्रै रोजगारीको सुनिश्चितता हुने गरी युवा स्वरोजगार कार्यक्रमलाई अघि बढाउन सुझाव दिइन् । उनले युवा स्वरोजगार कार्यक्रमअन्तर्गत आजसम्म कति वटा प्रपोजल परेका छन् ? भन्दै प्रश्न ग्ररे। उनले युवाहरु देशभित्रै देशभित्रै केही गर्न चाहे पनि मन्त्रालयमा पठाएका प्रपोजल स्वीकृत हुन ढिलाइ भइरहेको बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ