arrow
ADVERTISEMENT

समितिमा अमेरिकाका प्रस्तावित राजदूत

अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने प्रस्तावित राजदूतको योजना [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २७ बिहिबार
lokdarsan-regmi.jpg

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले आफू राजदूत नियुक्त भएमा नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण गराउन पहल गर्ने बताएका छन् । बिहीबार संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत रेग्मीले नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमणका लागि पहल गर्ने बताएका हुन् । 

उनले द्विपक्षीय सम्बन्धलाई राम्रो बनाउनका लागि उच्च तहको राजनीतिक भ्रमणको आदान–प्रदान आवश्यक रहेको भन्दै त्यसका निम्ति आफूले काम गर्ने बताए । उनले हालसम्म नेपालमा अमेरिकी राष्ट्रपतिको भ्रमण नभएको अवस्थामा भ्रमण गराएर नेपालको संसद्मा सम्बोधन गराउन सकिएमा नेपालको छवि, विश्वसनीयता र समृद्धिको ढोका खोल्न योगदान पुग्ने बताए । उनले विगतमा भएका प्रतिवद्धताहरु नवीकरणका लागि र द्विपक्षीय हितका नयाँ विषयहरू अगाडी बढाउन पनि भ्रमणको महत्त्व रहेको उल्लेख गरे। रेग्मीले आफूले आर्थिक कूटनीतिमा पनि ध्यान पु¥याउने बताए । उनले अमेरिकी अर्थतन्त्रलाई नेपालको हितमा अधिकतम प्रयोग गर्नका लागि आफूलाई केन्द्रित गर्ने बताए । दुई देशबीच संसदीय तहमा पनि भ्रमण–आदान प्रदान गराउन पहल गर्ने उनको भनाई छ । 

उनले भने – ‘संयुक्त राज्य अमेरिकाको विश्वास, सद्भाव र सहकार्य दुइटैलाई बढाएर लिएर जानका लागि, अझ गहिरो बनाउनका लागि, अझ सुदृढ र प्रभावकारी बनाउनका लागि मैले मुख्य प्राथमिकतामा राखेर काम गर्ने प्रयास गर्नेछु । द्विपक्षीय सम्बन्धलाई राम्रो बनाउनको लागि उच्चस्तरका भ्रमणहरूका आदान–प्रदानहरू, प्राविधिकहरूका बिचको आदान–प्रदानहरू विभिन्न तहका आदान–प्रदानले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रो अनुभव छ । र प्रतिवद्धताहरुलाई नवीकरण गर्नका लागि र द्विपक्षीय हितका नयाँ विषयहरूमा प्रवेश गर्नका लागि यस्ता भ्रमणहरूको शिखर महत्त्व रहने गर्दछ । अहिलेसम्म अमेरिकी राष्ट्रपतिहरूबाट नेपालको भ्रमण र नेपालको संसद्लाई सम्बोधन गर्ने एउटा सन्दर्भ हामीले साकार पार्न सक्यौँ भने नेपालको छवि, नेपालको विश्वसनीयता र नेपालको अझ समृद्धिको ढोका मार्ग प्रशस्त गर्नका लागि योगदान पुग्छ की ?अमेरिकाको राष्ट्रपतिलाई हाम्रो देशमा भ्रमण गराउन सक्दा राम्रो हुन्छ कि भन्ने मलाइ लागेको छ । त्यसको लागि ग्राउन्ड वर्क गर्नका लागि म आफू उत्सुक छु । संसद्को तहबाट पनि दुई देशको भ्रमणको आदान–प्रदान गराउनुपर्छ । अमेरिकाको अर्थतन्त्रलाई हाम्रो अर्थतन्त्रसँग जोडेर हाम्रो हितमा अधिकतम मात्रामा स्रोत, साधन परिचालन गर्नको लागि मैले आफूलाई केन्द्रित गर्ने काममा लाग्ने विश्वास दिलाउन चाहन्छु ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ