arrow
ADVERTISEMENT

सीमाको चिनियाँ बजारमा नेपालीमाथि दुर्व्यवहार, कूटनीतिक पहलका लागि सरकारसँग आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २८ शुक्रबार
Chum_Nuwri_Gaunpalika.png

गोरखा । चिनियाँ बजार ‘स्याक’ गएका गोरखाका चुमवासीहरू चिनियाँ सुरक्षाकर्मी र व्यापारीबाट दुर्व्यवहारको सिकार भएका छन् । नेपालीहरू लामो समयपछि नाका खुलेकोमा खुशी हुँदै चिनियाँ बजारमा पुगेको भए पनि चिनियाँ सुरक्षाकर्मीको कुटपिट र दुर्व्यवहारबाट पीडित हुनुपरेको हो ।

चीनसँग सीमा जोडिएको चुमनुव्री गाउँपालिका–१ स्थित रुइला नाका भदौ ५ गतेदेखि खुलेको थियो । उक्त नाका २० दिन खुलेर गत सोमबारदेखि बन्द भइसकेको छ । 

त्यस्तै वडा नं ७ स्थित ङुइला नाका ४ गतेदेखि खुलेकामा आगामी असोज २ गते बन्द हुँदैछ ।  

चिनियाँ बजारमा म्याद गुज्रेका सामान नेपालीलाई भिडाउने अनि त्यो समयको बारेमा बतायो भने हातपात गर्नेसँगै दुर्व्यवहार गर्ने गरेको पाइएको हो । चुमनुव्री गाउँपालिकाका अध्यक्ष निमा लामाले दुर्व्यवहार भएको आफूले सुनेको नभए पनि लाभदायक भने नभएको बताए । 

त्यसो त पीडितहरुका अनुसार दुई घण्टा टाढाको बाटो हिँडेर पुगेपछि आफूहरुलाई शपिङ मलजस्तो घरमा लगेर ढोका बन्द गरेर राखिने र कोही बाहिर निस्कन खोजे हातपात गर्ने गरेका थिए । सामान किन्न जाँदा पनि आफूरुलाई अपराधीलाई जस्तो गरेर व्यवहार गर्ने गरेकोसमेत नेपालीहरुको भनाइ छ । 

आफ्नो मोबाइलमा दलाइ लामाको तस्बिर देखियो भने पनि दुर्व्यवहार गरेकोसमेत पीडितहरुको भनाइ छ । त्यतिमात्र होइन सामानको मूल्यसमेत दैनिक बढाउने गरेकोसमेत पीडितहरुको भनाइ छ । 

व्यापार मेला भनेर खोल्ने तर नेपाललाई सामानसमेत छान्न नदिइ जुन चिजमा पहिले आँखा पर्यो त्यो चिज पहिले निलै पर्ने नत्र दुर्व्यवहार गरिहाल्ने उनीहरुको नीति थियो । 

गाउँपालिका अध्यक्ष लामाले भने, 'खासै लाभदायक भएन । किनकि एक ७ ठाउँमा सीमित गरिदियो । सामान छानेर हेरेर किन्न पाउने अवस्था पनि भएन । उनीहरुकै समुदायको पसलबाटै खरिद गर्नुपर्ने, पटक्कै यताउता जान नदिने उनीहरुकै लज हुने रहेछ त्यही बस्नु पर्ने त्यहीँ खानु पर्ने त्यहीँबाट किन्नु पर्ने, नेपालीलाई दायाँबायाँ कहीँ जान दिएन ।'

यसको प्रतिकार गर्न सक्ने अवस्था नभएको लामाले बताए । उनले भने, 'विरोध गर्यो भने त चिनियाँ पारा छुट्टै छ हैन । त्यहाँ विरोध गर्ने भन्ने त हुँदै भएन । समझदारीमा खुल्या हो । लाभदायक भएन । घोडा बाहेक केही जानै दिएको छैन ।'

सीमित ठाउँसम्ममात्र जान दिएको भन्दै उनले मित्र राष्ट्रको हिसाबले वातावरण सहज बनाइदिएको भए हुने गुनासो उनको थियो । 

सरकारसँग कूटनीतिक पहलका लागि आग्रह 
गाउँपालिका अध्यक्ष लामाले सरकारलाई वातावरण सहज बनाइदिन आग्रहसमेत गरेका छन् । उनले पहल गरेरै नाका खुलेको भए पनि थोरै मात्र फाइदा भएको गुनासो गरे । 

उनले यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठका पालामा सीमा खोलेर व्यापार आदान प्रदान गर्ने सहमति भएको बताए । 

यद्यपि त्यसरी खुलेको भए पनि चुमवासीले लगेका अलिअलि जडिबुटीहरू पनि राम्रो भाउमा बेच्न नपाएकोसमेत गुनासो पीडितको छ ।  

नेपालीले बेच्न लगेको जडिबुटीको भाउ पनि चिनियाँकै भाउमा आफूहरुले बेच्नु परेको र यो पनि आफूले मोलमोलाइ नगरी जहाँ भन्यो त्यहीँ बेच्नुपर्ने र किन्दा पनि जुन भाउ भन्छन् त्यही भाउमै किन्नुर्पे दबाबबीच बजार गरेर आएकोसमेत स्थानीयले बताएका छन् । 

त्यतिमात्र होइन सामान किनेपछि चिनियाँकै याकचौँरीमा सामान बोक्न बाध्य पारिएको थियो । 

यसबारेमा पालिका अध्यक्ष लामाले सहमतिमा खोलेकाले धेरै बोल्न नसकिएको बताउँदै भने, 'सरकारले कूटनीतिक माध्यमबाट सीमावर्ती जनताहरुलाई चाहिने उपभोग्य वस्तु उपलब्ध गराउन सहजीकरण गरोस् ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ