arrow
ADVERTISEMENT

गाडी खसेको शंकामा भोटेकोशीमा खोजी कार्य जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २८ शुक्रबार
bhotekoshi-vehicle-search-81-5-28.jpg

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा गाडी खसेको शंका गरिएको छ । बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरन्डा टोलस्थित सडकबाट गाडी भोटेकोशी नदीमा खसेको शंका भएपछि प्रहरीले खोजी शुरु गरेको छ । 

शुक्रबार दिउँसो स्थानीयले दुई वटा टायर देखेको भन्दै प्रहरीलाई खबर गरेपछि क्रेनको सहारामा खोजी शुरु गरिएको हो ।

बोलेरो गाडी खसेको हुनसक्ने अनुमानका आधारमा प्रहरीले खोजी शुरु गरेपनि भोटेकोशी नदीको बहाव बढी रहेकाले खोजी गर्न समस्या भएको प्रहरीले बताएको छ ।

नदीमा खसेको भनिएको बोलेरो गाडी र त्यसमा रहेका यात्रुको बारेमा भने अहिलेसम्म स्पष्ट जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ