arrow
ADVERTISEMENT

बरन्डा टोलबाट भोटेकोशीमा खसेको गाडी क्रेनले निकालियो, यात्रु बेपत्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ २९ शनिबार
bhotekoshi-vehicle-search-81-5-28.jpg

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा खसेको बोलेरो गाडी क्रेनले निकालिएको छ ।

बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरन्डा टोलस्थित सडकबाट खसेको गाडी सुरक्षाकर्मीको टोलीले निकालेको हो । 

नदीबाट निकालिएको गाडी बा २० च २१८५ नम्बरको बोलेरो रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । तर उक्त बोलेरोमा कति जना थिए भन्ने बारेमा स्पष्ट जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

स्थानीयले भोटेकोशी नदीमा गाडीको टायर देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि गाडी खसेको शंकामा प्रहरीले क्रेन ल्याएर खोजी शुरु गरेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ