arrow

पत्रकार महासङ्घको मतदान असोज १२ गते, यस्तो छ निर्वाचन कार्यतालिका

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
FNJ-Final.jpg

काठमाडौँ । नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ । केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

जारी निर्वाचन कार्यतालिकाअनुसार आगामी असोज ४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म मनोनय दर्ताको कार्यक्रम छ । सोही दिन साँझ ५ बजे उम्मेदवारको नामावली प्रकाशन हुनेछ । 

असोज ४ गते साँझ ५ देखि असोज ५ गते अपराह्न २ बजेसम्म उम्मेदवारमाथिको दाबीविरोध तथा असोज ४ गते साँझ ५ देखि असोज ५ गते अपराह्न ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने कार्यतालिका छ ।

यसैगरी असोज ५ गते साँझ ६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने र असोज १२ गते बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान तथा मतदान समाप्त भएपश्चात मतगणना गर्ने कार्यतालिका छ । 

यस्तै प्रदेश समितिको मनोनयन आगामी असोज ८ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म र संस्थागत समिति, जिल्ला शाखा र प्रतिष्ठान शाखाको मनोनयन आगामी असोज १० गते बिहान १० देखि अपराह्न ३ बजेसम्म हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । 

यसैबीच केन्द्रीय निर्वाचन समितिले आसन्न निर्वाचनका लागि महासङ्घको केन्द्रीय समितिबाट यही भदौ २८ गते प्राप्त संशोधित मतदाता नामावली शनिबार सार्वजनिक गरेको छ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ