arrow
ADVERTISEMENT

नेपाल र दक्षिण कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष, इन्फ्रा बिज नाइट आयोजना

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
nepal-korea-50yrs-81-5-29.jpg

काठमाडौँ । गणतन्त्र कोरियाली दूतावासले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीको अवसरमा नेपाल–कोरिया इन्फ्रा बिज नाइट कार्यक्रम गरेको छ । गणतन्त्र कोरियाले यो वर्षभर नै ५० औँ वर्ष सम्बन्धी विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको छ। 

यही सिलसिलामा शनिबार इन्फ्रा बिज नाईट कार्यक्रमको आयोजना गरेको हो। उक्त कार्यक्रमका प्रमुख अतिथी भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको आर्थिक विकासमा कोरियाली व्यवसायीहरूको महत्त्वपूर्ण भूमिका रहेको बताए । 

गणतन्त्र कोरियाली दूतावासद्वारा आयोजित नेपाल–कोरिया इन्फ्रा बिज नाइ६मा उपस्थित मन्त्री दाहालले मन्तव्यका क्रममा गणतन्त्र कोरिया नेपालको ठूलो व्यापार साझेदार मुलुक भएको उल्लेख गर्दै भविष्यमा पनि यस्ले निरन्तरता पाउने अपेक्षा व्यक्त गरेका थिए । 

त्यसैगरी नेपाल सरकारका लागि आत्मीय देश दक्षिण कोरियाबाट सहयोग विस्तारका साथै लामो अवधिका लागि सफ्ट लोनको आवश्यकता रहेको औँल्याउँदै कोरिया सरकारको सकारात्मक भूमिका रहने विश्वास व्यक्त गरे ।

त्यस्तै नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क थेयङले नेपालमा कोरियाली लगानी भित्र्याउन र व्यापार प्रवर्द्धन गर्न निरन्तर लागि पर्ने जानकारी गराए। नेपालको आर्थिक समृद्धिका लागि सहयोग गर्न गणतन्त्र कोरिया सदा तयार रहेको पनि उनले बताए ।

कार्यक्रममा सहभागी तथा प्रस्तोता उद्योगी, व्यवसायीहरुले पनि नेपाल कोरियाबीचको व्यापार अभिवृद्धिमा जोड दिनुका साथै नेपालमा लगानी बढाउन कोरियाली लगानीकर्ताहरुलाई आग्रह गरेका थिए ।

उक्त कार्यक्रममा कोरिया सरकारले नेपाली व्यवसायी आईजे ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठलाई सम्मान गरेको छ। गणतन्त्र कोरिया सरकारले कोरिया र नेपालबीच आर्थिक सहयोग विस्तारमा वर्षौं देखिको योगदानलाई कदर गर्दै अध्यक्ष श्रेष्ठलाई हौसला स्वरुप प्रशंसा पत्र प्रदान गरेको हो।

अध्यक्ष श्रेष्ठले कोरियासँग व्यापार सहजीकरणका लागि सन् १९९२ मा नेपाल–कोरिया चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री औएनकेसीसीआईओ स्थापना गरेर गणतन्त्र कोरिया र नेपालबीचको लगानी तथा व्यापार विस्तारमा योगदान गर्दै आएका छन् । 

त्यसैगरी उन्ले एनकेसीसीआईको प्रथम अध्यक्षको रुपमा महत्वपूर्ण भूमिका खेलेका थिए। पूर्वाधार विकासका सम्बन्धमा कोरिया एक्जीम बैंकको आर्थिक साझेदारी कार्यक्रम (ईडीसीएफ) सफ्ट लोन प्रयोग गरी नेपालमा चमेलिया जलविद्युत आयोजनाको निर्माणमा पनि सहभागी भएर कोरियासँगको सहकार्यमा प्रशंसनीय भूमिका खेलेका थिए।

गणतन्त्र कोरिया सरकारले यस वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वर्षगाँठको उपलक्ष्यमा नेपालसँग आर्थिक साझेदारी थप मजबुत बनाउने योजना बनाएको उल्लेख गरेको थियो।

 गणतन्त्र कोरिया र नेपालबीच विभिन्न माध्यमबाट आर्थिक क्षेत्रको सहकार्य विस्तार हुने र नेपालमा रोजगारी सिर्जना गर्नुका साथै नेपालको आर्थिक विकासमा योगदान पुग्ने हिसाबले कार्यक्रम सञ्चालन गर्दै जाने विषय उल्लेख भएको थियो। 

नेपाल राष्ट्र बैंकले गत अगस्त महिनामा प्रकाशन गरेको तथ्याङ्क अनुसार नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने देश (पेडअप क्यापिटल) मध्ये कोरिया तेस्रो ठूलो वैदेशिक लगानी गर्ने देश रहेको छ। त्यसैगरी भविष्यमा पनि मझौला तथा ठूला लगानीकर्ता मार्फत नेपालको अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्ने दूतावासको विज्ञप्तिमा उल्लेख गरेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ