arrow
ADVERTISEMENT

राष्ट्रिय बाल दिवस २०८१ को उपलक्षमा काठमाडौँ उपत्यकामा २०० भन्दा बढी किशोरीहरूलाई सुरक्षा र आत्मरक्षा तालिम

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
laxmi-sunrise-bank-kids-power-crs-school-girls.jpg

काठमाडौँ। राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा किडपावर नेपालको आयोजना र लक्ष्मी सनराइज बैङ्कको सौजन्यमा काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सप्ताहव्यापी सुरक्षा र आत्मरक्षा तालिम प्रदान गरिएको छ। कक्षा ८, ९, र १० मा अध्ययनरत २०० भन्दा बढी किशोरीहरूलाई लक्षित गरी तालिम काठमाडौँ, भक्तपुर र ललितपुरका सामुदायिक विद्यालयहरूमा सम्पन्न भएको हो।

तालिम भाद्र २५ देखि भाद्र २८ सम्म सञ्चालन भएको थियो। सहभागी विद्यालयहरूमा कागेश्वरी मनोहरा नगरपालिका, काठमाडौँको गान्धी आदर्श माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका, ललितपुरको श्री सिद्धि मङ्गल माध्यमिक विद्यालय र सानो ठिमी, भक्तपुरको आदर्श माध्यमिक विद्यालय रहेका थिए।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षक र लक्ष्मी सनराइज बैङ्कका शाखा प्रमुखहरूको उपस्थितिमा तालिम सञ्चालन गरिएको थियो।

गान्धी आदर्श माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष गया प्रसाद उपाध्यायले सुरक्षा सम्बन्धी तालिमलाई विद्यालय पाठ्यक्रममा समावेश गर्न सके यसको प्रभावकारिता अझै बढ्ने बताए। यस्तै, श्री सिद्धि मङ्गल माध्यमिक विद्यालयका प्रधानाध्यापक मीन बहादुर अछामीले तालिमबाट सिकेका सीपहरू शिक्षकमार्फत अन्य विद्यार्थीहरूलाई पनि प्रदान गरिने बताउनुभयो। उहाँले आगामी दिनहरूमा पनि छात्राहरूको सुरक्षाका लागि यस्ता तालिमहरू आवश्यक रहेकोमा जोड दिए।

गान्धी आदर्श माध्यमिक विद्यालयकी कक्षा ११ र १२ की संयोजक वन्दना घिमिरेले यस्ता तालिमले विद्यालयको संरक्षित वातावरणमा पठनपाठनमा सहयोग पुग्ने उल्लेख गरिन्। विद्यालयका प्रधानाध्यापक राम बाबु रेग्मीले यस्तो तालिम निरन्तर सञ्चालन गर्न आग्रह गरे।

तालिमका प्रमुख प्रशिक्षक किडपावर अन्तर्राष्ट्रियका नेपालका निर्देशक अधिवक्ता सुषमा पोखरेल र सहायक प्रशिक्षक किडपावर नेपालका प्रतिनिधि कृष्ण प्रसाद खनालले प्रशिक्षण सञ्चालन गरेका थिए। किडपावर नेपालका प्रतिनिधि सुनिता पोखरेलको पनि उपस्थिति रहेको थियो। सुषमा पोखरेलका अनुसार सुरक्षा चुनौतीहरू दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा आत्मरक्षाका सीपहरू सबैका लागि अत्यावश्यक छन् र यसलाई देशभर विस्तार गर्ने योजना रहेको बताइन्।

तालिममा सहभागी किशोरीहरूले विभिन्न सुरक्षा समस्याबारे छलफल गरेका थिए भने प्रयोगात्मक सिकाइ बढी लाभदायक भएको प्रतिक्रिया दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ