डिजिटल डिसेम्बर अन्तर्गत उद्यम नवप्रवर्तनलाई लक्ष्मी सनराइज बैङ्कको समर्थन
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १२ शनिबार
553
Shares
काठमाडौँ। लक्ष्मी सनराइज बैङ्कले डिजिटल डिसेम्बर २०२५ – एम्पाउअर इन्टरप्राइजेज अभियान अन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) नवप्रवर्तनको दायरा मजबुत बनाउन आदिन्त एडभाइजरी प्राइभेट लिमिटेड र अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (अमच्याम नेपाल) सँग सहकार्यका लागि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको छ।
हाल सातौँ वर्षमा रहेको डिजिटल डिसेम्बर अभियान डिजिटल सचेतना अभियानका रूपमा सुरु भई आज उद्यम रूपान्तरणको एक रणनीतिक प्लेटफर्मका रूपमा विकसित भएको छ। यस संस्करणले उच्च मूल्य तथा उच्च परिमाणका व्यावसायिक कारोबारलाई नगद र चेकबाट सुरक्षित डिजिटल माध्यमतर्फ रूपान्तरण गर्ने, एपीआई तथा होस्ट टू होस्ट कनेक्टिभिटी मार्फत उद्यमीहरूको सञ्चालन प्रणालीहरूमा बैङ्किङ सेवा जडान तथा एकीकृत गर्ने तथा डिजिटल प्लेटफर्मलाई व्यावसायिक भुक्तानीको प्राथमिक माध्यमका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।
यस समझदारी अन्तर्गत बैङ्कको उद्यम डिजिटलाइजेशन पहलबाट नवप्रवर्तनको विस्तार गर्दै प्रारम्भिक चरणका नव प्रवर्तक, स्टार्टअप तथा उद्यमीहरूलाई वास्तविक बैङ्किङ पूर्वाधार र विषयगत विशेषज्ञता सँग जोडी पुँजी उपलब्धताका लागि तयार पार्ने उद्देश्य राखेको छ।
डिजिटल अभिग्रहण देखि डिजिटल सिर्जनासम्म
यस एमओयू अन्तर्गत लक्ष्मी सनराइज बैङ्कले डिजिटल डिसेम्बर २०२५ का मुख्य आधारहरू—एपीआई सक्षम करण, प्लेटफर्म कनेक्टिभिटी र उद्यम तयारी—सँग मेल खाने सहकार्य क्षेत्रहरू अन्वेषण गर्नेछ। यसमा नवप्रवर्तकहरूलाई उद्यम-सम्बन्धित डिजिटल समाधानहरूको प्रोटोटाइप विकासका लागि चुनिएका ओपन एपीआई वा स्यान्डबक्स वातावरणमा पहुँच, उच्च सम्भावना भएका उद्यमहरूसँग प्रारम्भिक चरणमै संलग्न भई बजार तयारी र विस्तार क्षमताको मूल्याङ्कन तथा डिजिटल वित्त, फिनटेकमा आधारित वृद्धि र स्टार्टअप तथा स्केल अप पुँजी पहुँचसम्बन्धी विशेषज्ञ सत्रहरू समावेश छन्।
यस सहकार्यले अमेरिकी दूतावासको समर्थनमा सञ्चालन हुने तीन वटा राष्ट्रव्यापी पहल—सिडिङ र स्केलिङ नवप्रवर्तन, प्रभाव ह्याकाथनका लागि कोड र अमेरिका-नेपाल वाणिज्य कूटनीति छलफल शृङ्खलालाई समेत सघाउनेछ। यी कार्यक्रमहरूमा सातै प्रदेशका करिब ४०० युवा नव प्रवर्तक, प्रारम्भिक चरणका संस्थापक र उदाउँदा उद्यमीहरू सहभागी हुनेछन्। कार्यक्रमहरूको उद्देश्य फिनटेक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र जलवायु सहनशीलता जस्ता क्षेत्रहरूमा उद्यमी तयार पार्ने तथा एआईमा आधारित समाधानहरूको विकासलाई प्रवर्द्धन गर्ने हो।
नवप्रवर्तन अर्थतन्त्रसँग उद्यम भुक्तानीको समन्वय
डिजिटल डिसेम्बरको उद्यम भुक्तानी केन्द्रित दृष्टिकोणलाई नवप्रवर्तनको क्षेत्रसँग जोड्दै लक्ष्मी सनराइज बैङ्कले डिजिटल बैङ्किङलाई केवल सञ्चालन सुधारको माध्यम मात्र नभई नेपालको नवप्रवर्तन अर्थतन्त्रको आधारभूत तहका रूपमा स्थापित गरेको छ। यस एमओयूले एकल उत्पादन अपनत्वबाट प्लेटफर्ममा आधारित बैङ्किङतर्फको रूपान्तरणलाई प्रतिबिम्बित गर्दछ, जहाँ एपीआई, एकीकृत भुक्तानी प्रणाली र होस्ट-टू-होस्ट कनेक्टिभिटीले व्यवसायलाई सुरक्षित र प्रभावकारी रूपमा विस्तार गर्न सक्षम बनाउँछ।
आदिन्त एडभाइजरीले कार्यक्रम डिजाइन, मार्गदर्शन र संलग्नताको समन्वय गर्नेछ भने अमच्याम नेपाल र आदिन्त फण्ड म्यानेजमेन्टले निजी क्षेत्रका सञ्जालहरू परिचालन गरी भिजिबिलिटि, ज्ञान आदान-प्रदान र व्यापक सहभागिता सुनिश्चित गर्नेछ।
डिजिटल डिसेम्बर २०२५ एक महिनाभरि सञ्चालन हुने राष्ट्रव्यापी उद्यम संलग्नतासँगै समापनतर्फ उन्मुख हुँदै गर्दा यस एमओयूले कारोबारको डिजिटलाइजेशनबाट अगाडि बढ्दै नेपालको डिजिटल विकासको आगामी चरणलाई आकार दिने उद्यम, नव प्रवर्तक र प्रणालीहरूलाई सशक्त बनाउने दिशामा लक्ष्मी सनराइज बैङ्कको प्रयासलाई उजागर गर्दछ।