arrow

लक्ष्मी सन्राइज बैङ्कले पारित गर्‍यो १० प्रतिशत बोनस शेयर, चुक्ता पुँजी २६ अर्ब ७८ करोड पुग्यो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष १४ सोमबार
laxmi-sunrise-bank-25th-agm-dec-2025.jpg

काठमाडौँ। लक्ष्मी सन्राइज बैङ्क लिमिटेडले आफ्ना सेयर धनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सोमबार काठमाडौँमा सम्पन्न बैङ्कको पच्चिसौं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई अनुमोदन गरेको हो।

सभाले पारित गरेको बोनस शेयर वितरण पश्चात् बैङ्कको चुक्ता पुँजी रु. २६ अर्ब ७८ करोड पुगेको छ।

साधारण सभाका मुख्य निर्णयहरू: साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको वित्तीय विवरणहरू (वासलात, नाफा-नोक्सान हिसाब आदि) उपर छलफल गरी स्वीकृत गरेको छ। साथै, सभाले आर्थिक वर्ष २०८२/८३ को लेखा परीक्षणका लागि लेखा परीक्षकको नियुक्ति गर्ने प्रस्ताव समेत पारित गरेको छ।

वित्तीय अवस्था र उपलब्धि: बैङ्कले गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेख्य वित्तीय प्रगति हासिल गरेको जनाएको छ। बैङ्कको पछिल्लो वित्तीय अवस्था निम्न अनुसार रहेको छ:

  • खुद मुनाफा: रु. ४ अर्ब ६ करोड
  • निक्षेप संकलन: रु. ३७१ अर्ब
  • कर्जा प्रवाह: रु. २८७ अर्ब
  • वासलातको आकार: रु. ४४३ अर्ब

देशका अग्रणी बैङ्कहरू मध्येको एक, लक्ष्मी सन्राइज बैङ्कले सबल वित्तीय सूचकसहित आफ्नो व्यवसाय विस्तार गरिरहेको बैङ्कले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ