arrow
ADVERTISEMENT

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा कार्की

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३० आइतबार
gokarna-karki-pcci-pokhara.jpg

पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५औँ महाधिवेशनबाट अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् ।

कार्कीले प्रतिद्वन्दी अर्जुन पोखरेललाई चार सय ८८ मन्तान्तरले पराजित गरेका हुन् । कार्कीले एक हजार तीन सय ३९ मत प्राप्त गर्दा पोखरेलले आठ सय ५१ मत प्राप्त गरे ।

पोखरेल ३४औँ महाधिवेशनमा पनि अध्यक्ष पदमै प्रतिस्पर्धा गरेर पराजित भएका थिए । ३४औँ महाधिवेशनमा पोखरलले आठ सय ९७ मत प्राप्त गरेका थिए । उनले यसपटक निर्वाचन जित्न निकै मेहनत गरे पनि अघिल्लो पटकको भन्दा मत झनै घट्न पुगेको छ ।

अध्यक्ष, उपमहासचिव र केही सदस्यबाहेक पदाधिकारी र अधिकांश सदस्य पदमा भने पोखरेल समूहबाटै विजयी भएका छन् ।

संघको वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उपाध्यक्ष (उद्योग) मा दिनेशचन्द्र बास्तोला, उपाध्यक्ष (वाणिज्य) मा बलराम आचार्य, महासचिवमा शोभा गौतम, कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका हुन् । उनीहरु सबै पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका थिए ।

यस्तै उपमहासचिवमा सुदीप प्रधानाङ्ग विजयी भएका छन् । उनले बालकृष्ण कोइरालालाई पराजित गरेका हुन् । प्रधानाङ्गले एक हजार एक सय ७७ मत र कोइरालाले एक हजार ४७ मत प्राप्त गरे । पराजित कोइराला अर्जुन पोखरेलको समूहबाट चुनावी मैदानमा होमिएका थिए भने प्रधानाङ्गले स्वतन्त्र उम्मेद्वारी दिएका थिए ।

यसैगरी खुला सदस्यमा ललितबहादुर कुँवर एक हजार पाँच सय ३९, देवेन्द्र प्रजु एक हजार पाँच सय १६, सौगात थापा एक हजार चार सय ९४, दूधमान गुरुङ (आशिष) एक हजार चार सय ६८ र भीम गौतम एक हजार चार ३९ मत ल्याएर विजयी भए ।

यस्तै, टिकाराम सुवेदी (माधव) एक हजार तीन सय ९४, जीवनप्रकाश श्रेष्ठ एक हजार तीन सय ८३, रामचन्द्र तिमिल्सिना (ढाकाटोपी बाजे) एक हजार तीन सय ७५, प्रदीप राजभण्डारी एक हजार तीन सय ७० र यादवप्रसाद पोखरेल एक हजार तीन मत ल्याएर विजयी भएका छन् ।

उनीहरुसँगै प्रतिस्पर्धा गरेका विनोद केसी एक हजार दुई सय ९६, लेखनाथ सुवेदी एक हजार दुई ८६, प्रेमप्रसाद सुवेदी एक हजार दुई सय ८५, विष्णुप्रसाद तिमिल्सिना एक हजार दुई सय ३० मतका साथ पराजित बन्न पुगे ।

यस्तै, कार्यसमिति सदस्यमा वस्तुगततर्फबाट सूर्य घिमिरे (मदिरा) २२, दुर्गा बराल (कस्मेटिक) २१, पृथ्वीराज तिमिल्सिना २० र नवीन नापित (कपडा) १४ मतका साथ विजयी भएका छन् ।

नापित र दीपेन्द्र कोइरालाको समान १४/१४ मत आएपछि गोला प्रथा गरिएकामा नापित विजयी भएका हुन् ।

संघको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो । संघमा दुई हजार नौ सय सात जना सदस्य मतदाता रहेकामा दुई हजार दुई सय ५१ सदस्यले मतदान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ