arrow
ADVERTISEMENT

न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न न्यायालय प्रयासरत : प्रधानन्यायाधीश श्रेष्ठ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
bishwombher-prasad-shrestha-supreme-court.jpg

सङ्खुवासभा । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायलयले आम नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा पूरा गर्न प्रयास गरिरहेको बताएका छन् । 

सङ्खुवासभाको चैनपुरमा जिल्ला अदालतको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले विधिको शासनलाई व्यवहारमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।

नेपालको संविधानले परिकल्पना गरेको स्वतन्त्र र निष्पक्ष न्यायालयको अवधारणाअनुसार अघि बढ्नुपर्ने उल्लेख गर्दै प्रधानन्यायाधीश श्रेष्ठले समयमै न्याय प्रदान गर्नतर्फ ध्यान दिन आग्रह गरे । 

न्यायमा सबैको पहुँच सुनिश्चित गर्न कानुनी एवं संस्थागत संयन्त्र बनाएर काम भइरहेको उनको भनाइ थियो ।

संविधानले प्रत्याभूत गरेका आधारभूत अधिकारलाई हनन् हुन नदिने प्रधानन्यायाधीश श्रेष्ठले उल्लेख गरे । 

नवनिर्मित जिल्ला अदालतको भवनमा २७ कोठा छन् । उक्त भवन निर्माण गर्न २०७१ जेठमा सम्झौता भएको थियो । 

रु चार करोड ६१ लाखको लागतमा सो भवन निर्माण गरिएको जिल्ला न्यायाधीश ध्रवराज त्रिपाठीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ