arrow
ADVERTISEMENT

नारायणगढ–मुग्लिनको नौ किलोमा सडक भासियो, एकतर्फी यातायात सञ्चालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
mugling-landslide-road-stone-driver-dead.jpg

भरतपुर । नारायणगढ–मुग्लिन सडक अन्तर्गत नौकिलोमा एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ मा पर्ने सो सडक आइतबार भासिएको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सडक छेउमा लगाएको तारजालीको भाग भासिएर करिब पाँच मिटर चिरिएको थियो ।

सडक एक फिटजति दबेका कारण यातायात एकतर्फी सञ्चालन भइरहेको उनले बताए । सडक डिभिजन कार्यालयसँग समन्वय गरेर सडक मर्मत गरिने सुरुभएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ