arrow
ADVERTISEMENT

सबै प्रदेशमा वर्षा, केहीमा हावाहुरीसहित भारी वर्षाको सम्भावना, सावधानी अपनाउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
raining-ktm-81-5-31.jpg
तस्बिर– आइतबार बेलुकी परेको भारी वर्षाका कारण काठमाडौँको गंगबु शिव मन्दिर क्षेत्र अन्तर्गत चक्रपथको सर्भिस लेन डुबानमा परेको छ ।

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र मधेस प्रदेशका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

यता काठमाडौँ उपत्यकामा आइतबार साँझदेखि भारी वर्षा भएको थियो । जसका कारण विभिन्न स्थान डुबानमा परेका थिए । 

आज दिउँसो  देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।  कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका पूर्वी भू–भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ। 

त्यस्तै आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका पूर्वी भू–भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । 

सावधानी अपनाउन आग्रह
विभागका अनुसार आगामी २४ घण्टाका लागि कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ