arrow
ADVERTISEMENT

दुईतर्फी खुल्यो नारायणगढ मुग्लिन सडक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
mugling-landslide-road-stone-driver-dead.jpg

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ । आइतबार राती करिब ७:२० बजे ईच्छाकामना गाउँपालिका-६ नौ किलोमा सडक चिरापरी छेउमा लगाएको जालीको भाग भाँसिएको थियो । 

सडकको करिब पाँच मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो । रातीदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०:४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ