arrow
ADVERTISEMENT

कांग्रेस केन्द्रीय पुस्तकालयलाई निजामती कर्मचारी युनियन रुपन्देहीले गर्‍यो एक लाख सहयोग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार
gagan-ajayababu-81-5-31.jpg

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रूपन्देहीले नेपाली कांग्रेसको केन्द्रीय पुस्तकालयलाई एक लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । 

केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पुस्तकालय तथा पार्टी अध्ययन–स्रोत केन्द्र विभागका प्रमुख अजयबाबु शिवाकोटी र नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य नवीन पन्थीको उपस्थितिमा रूपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डे र सचिव बालकृष्ण कणेलले कांग्रेस महामन्त्री गगनकुमार थापालाई एक लाख एक रुपैयाँको चेक हस्तान्तरण गरे । 

सो अवसरमा महामन्त्री थापाले रचनात्मक काम गरेकोमा रुपन्देही युनियनको उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा  युनियनका केन्द्रीय सदस्य नवीन पन्थीले कर्मचारीले उठाउँदै आएका विषयलाई सम्बोधन गरी यथाशीघ्र संघीय निजामती सेवा ऐन जारी गर्ने सन्दर्भमा थप पहल गर्न कांग्रेस महामन्त्री थापालाई अनुरोध गरेका थिए । 

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रूपन्देहीका अध्यक्ष चक्रपाणि पाण्डेले पुस्तकालयलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै कर्मचारी युनियन रूपन्देहीले पेशागत हकहितका अतिरिक्त आफ्ना सदस्यहरूको निःशुल्क दुर्घटना बीमा, जीवन विज्ञान लगायतका जीवनोपयोगी कार्यक्रम सञ्चालन, वृद्धाश्रममा सहयोग प्रदान, जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान लगायतका विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ