arrow

राजदूतको सुनुवाइ

सत्रमध्ये सोह्र देशका लागि प्रस्तावित राजदूतको नाम समितिबाट पारित [भिडियो]

श्रीलङ्काका लागि प्रस्तावित राजदूतको थप कागज मगाउन निर्देशन 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३ बिहिबार
iswaridevi-neupane-06-03.jpg

काठमाडौं । संसदीय सुनुवाइ समितिले सरकारद्वारा विभिन्न देशका लागि १७ देशका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम पारित गरेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले विभिन्न देशका लागि प्रस्तावित १७ राजदूतमध्ये १६ जना राजदूतको नाम समितिबाट बहुमतले पारित गरेको हो । 

बैठकपछि निर्णय सुनाउँदै समिति सभापति ईश्वरीदेवी न्यौपानेले उजुरीकर्ताहरूको उजुरी, प्रस्तावित राजदूतको स्पष्टीकरण, कार्यायोजना, भनाइ सुनेर निर्णय लिइएको बताइन् । समितिमा छलफल गरी १६ देशका राजदूत बहुमतले पारित गरेको र श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको सम्बन्धमा केही कागजातहरू अपुरो लागेकाले सचिवालयलाई थप कागज मगाउन निर्देशन दिइएको बताइन् । 

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले इजरायलका लागि प्रस्तावित राजदूत प्राध्यापक धनप्रसाद पण्डित, दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा.डा. कपिल श्रेष्ठ र मलेसियाका लागि प्रस्तावित डा. नेत्रप्रसाद तिमल्सिनामाथि फरक मत राखेको बताइन् ।  जनता समाजवादी पार्टी, नेपालका सांसद प्रकाश अधिकारीले भारतका लागि प्रस्तावित राजदूत शङ्कर शर्माको लागि फरक मत रहेको बताइन् । 

समावेशिता अझै अपूरो रहेको सांसदहरूको गुनासोपछि परराष्ट्रमन्त्री डा. आरजू राणा देउवालाई बोलाएर यस विषयमा स्पष्टीकरण लिएको बताइन् । उनले अहिले दुई राजदूत सिफारिस गरिएकोमा मधेसी महिला चित्रलेखा यादव र परराष्ट्र सेवाबाट सेवा लम्साललाई सिफारिस गरिएको बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ