arrow

राप्तीसोनारीमा मोटरसाइकल दुर्घटना: तीनको मृत्यु, दुई घाइते 

logo
सौरभ गिरी, 
प्रकाशित २०८१ असोज ३ बिहिबार
accident-81-6-3.jpg

बाँके । बाँकेको राप्तीसोनारीको लालपुर मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। 

दुर्घटनामा गम्भीर घाइते भएर नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा  बर्दिया राजापुर- ४ घर भएर हाल राप्तीसोनारी-४ धामपुर बस्दै अएका ३१ वर्षीय अजय दहितको मृत्यु भएसँगै मृतकको संख्या तीन पुगेको राप्तीसोनारी गाउँपालिका-४ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मीनराज खड्का (सन्तोष) जानकारी दिएका छन् ।

बुधबार अपरान्ह साढे ४ बजे गाउँपालिकाको वडा नम्बर ४ स्थित हुलाकी सडक खण्ड अन्तर्गत लालपुरमा चोकमा भे १२ प ३९९५  र भे १२ प ४८२८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा गम्भीर घाइते भएका दुवै मोटरसाइकल चालकको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको थियो। 

यसअघि राप्तीसोनारी- ४ घर भएका भे १२ प ३१९५ का  ३५ वर्षीय चालक रामशरण थारुको बुधबार  साँझ पौने ६ मृत्यु भइसकेको हो भने सोही गाउँपालिकाको वडा नम्बर ३ खैरेनीका  भे १२ प ४८२८ नम्बरका चालक १८ वर्षीय बसन्त थारुको सवा ६ बजे मृत्यु भएको बाँके प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनाका तेस्रो मृतक अजय भे १२ प ३९९५ नम्बरको मोटरसाइकलको पछाडी सवार थिए।  दुर्घटनामा घाइते भएका भे१२ प ४८२८ नम्बरको मोटरसाइकलमा सवार राप्तीसोनारी-३ खैरेनीका  १६ वर्षीय संगीत थारु र वडा  नम्बर ३  खैरेनीकै २१ वर्षीय संजय थारुको नेपालगन्ज मेडिकल कलेजमा उपचार जारी रहेको जिल्ला प्रहरी बाँकेले जनाएको छ। 

वडाध्यक्ष   खड्काका अनुसार मृतकहरुमध्ये रामशरण र दहित श्री ने रा मा बि धामपुरमा शिक्षकका रुपमा कार्यरत थिए।  उक्त विद्यालयमा रामशरण अंग्रेज़ी र दहित अजय बिज्ञान विषयका शिक्षक थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ