arrow

बाह्र गतेलाई तोकिएको पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ४ शुक्रबार
FNJ-Final.jpg

काठमाडौँ । नेपाल पत्रकार महासंघको निर्वाचन फेरि स्थगित भएको छ । आगामी असोज १२ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम राखिएको थियो । 

तर आजै एक सूचना जारी गर्दै निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको जानकारी गराइएको छ । नेपाल पत्रकार महासंघबाट प्राप्त पत्रअनुसार मनोनयन दर्ता लगायतका कार्यतालिकामा समावेश कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

कार्यवाहक अध्यक्ष रमेश विष्टले केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए ।

सदस्यता शुद्धीकरणको विषयमा विवाद हुँदा नेपाल पत्रकार महासंघको महाधिवेशन प्रभावित भएको छ । 

विवाद चर्किएपछि महासंघको अध्यक्ष पदबाट विपुल पोखरेलले यसअघि नै राजीनामा दिइसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ