arrow

माछापुच्छ्रे बैङ्कको २४औँ वार्षिकोत्सव तथा चाडपर्व लक्षित अफरै अफरहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ५ शनिबार
machhapuchhre-bank-mbl-head-office.jpg
तस्बिर : फाइल

काठमाडौँ। माछापुच्छ्रे बैङ्क लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव तथा आउँदै गरेको नेपालीहरूको महान् चाडपर्वलाई लक्षित गरी डिजिटल सेवाहरूमा अफरै अफरहरू सञ्चालनमा ल्याएको छ। बैङ्क असोज १७ गते बाट २४औँ वर्ष पार गरी २५औँ वर्षमा प्रवेश गर्दै छ। 

बैङ्कले आफ्नो २४औँ वार्षिकोत्सवको अवसरमा डिजिटल सेवाहरूमा विभिन्न क्यासब्याक तथा विशेष छुट अफरहरू ल्याएको छ। जसको फाइदा ग्राहकहरूले बैङ्कले प्रदान गर्दै आएको डिजिटल सेवा सुविधाहरू जस्तै: मोबाइल बैङ्किङ एमबीएल एम-स्मार्ट (ऐप), डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट कार्ड तथा डलर प्रिपेड कार्ड मार्फत लिन सक्ने बैङ्कले जनाएको छ।

बैङ्कले असोज १ देखि ३० गते सम्मको अवधिमा यस बैङ्कको मोबाइल बैङ्किङ एमबीएल एम-स्मार्ट (ऐप), डेबिट कार्ड, क्रेडिट कार्ड, डलर क्रेडिट तथा डलर प्रिपेड कार्ड लिने नयाँ ग्राहकहरूलाई विशेष छुटको योजना ल्याएको छ। जस अन्तर्गत बैङ्कको डेबिट कार्ड लिने ग्राहकहरूले कार्ड लिँदा पहिलो वर्षको जारी शुल्कमा शतप्रतिशत छुट र त्यस पछिको दुई वर्षसम्म पनि कार्ड नवीकरण शुल्कमा शतप्रतिशत छुट प्रदान गर्नेछ।

बैङ्कले क्रेडिट कार्ड जारी गर्दा सदस्यता तथा जारी शुल्कमा आकर्षक प्याकेज बनाई पाँच वर्ष अवधिको लागि एकमुष्ट रु.२,४०० मात्रमा प्रदान गर्नेछ। साथै बैङ्कले मोबाइल बैङ्किङ एमबीएल एम-स्मार्ट (ऐप) सेवाको सदस्यता शुल्कमा वार्षिक  ५०% सम्मको छुट, डलर क्रेडिट कार्ड र डलर प्रिपेड कार्ड जारी गर्दा जारी शुल्कमा पहिलो वर्ष २४% सम्मको छुट प्रदान गर्नेछ।

यसै क्रममा बैङ्कको २४औँ वार्षिकोत्सव लक्षित यस योजना अन्तर्गत असोज १६ र १७ गते दुई दिनको अवधिमा बैङ्कका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले विभिन्न मर्चेन्टहरूबाट वस्तु तथा सामान खरिद गर्ने क्रममा डेबिट कार्डमार्फत बिल भुक्तानी गर्दा २४% वा अधिकतम १२४ रुपैयाँ तथा क्रेडिट कार्ड मार्फत बिल भुक्तानी गर्दा २४% वा अधिकतम २२४ रुपैयाँको क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन्। 

यसका साथै बैङ्कले असोज १ देखि १८ गते सम्मको लागि डिजिटल कारोबारको प्रोत्साहन र प्रवर्धनको लागि बैङ्कको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेज मार्फत ग्राहकहरूको लागि क्विज कार्यक्रम सञ्चालन गर्ने छ र सही उत्तर दिने सहभागीहरू मध्ये भाग्यशाली विजेताले आकर्षक उपहार पाउन सकेनछन्।

साथै यस क्यामपिएन अवधिभर बैङ्कबाट जारी डिजिटल माध्यमहरूबाट कारोबार गर्ने ग्राहकहरू र डिजिटल भुक्तानी लिने मर्चेन्टहरुका लागि बैङ्कले विभिन्न मर्चेन्ट तथा भेन्डर्सहरूद्वारा प्रायोजित विविध उपहारहरू जस्तै: टिभी, मोबाइल फोन, ट्याब, स्मार्टवाच, रिचार्जकार्ड तथा आकर्षक गिफ्ट भौचरहरू प्रदान गर्ने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ