- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भक्तपुर । नगरकोटबाट सुडालको कलमसी हुँदै भक्तपुरतर्फ फर्कंदै गरेको कार आज साँझ दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
नगरकोटबाट फर्कंदै गर्दा चाँगुनारायण नगरपालिका–८ सुडाल हनुमान चोकमा बा।१८च। २५११ नंको निजी कारको ‘ब्रेक फेल’ भई अनियन्त्रित भएपछि सडकबाट अन्दाजी ५० मिटर तल खसेर दर्घटना भएको प्रहरी प्रभाग सुडालले जनाएको छ ।
झापा दमक नगरपालिका–१० घर भएकी निशा श्रेष्ठका नाममा रहेको उक्त कारमा सवार तीन महिला, दुई पुरुष र दुई बालक घाइते भएका उनीहरूलाई उपचारका लागि मध्यपुर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घाइतेहरूको नाम र ठेगाना अझै आउन बाँकी रहेको जिल्ला प्रहरी परीसर भक्तपुरका प्रहरी नायव उपरीक्षक मोहनमाणि अधिकारीले जानकारी दिए ।