arrow

जीप दुर्घटनामा जनप्रतिनिधिको मृत्यु, दुई गम्भीर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ६ आइतबार
accident-final.jpg

रामेछाप । रामेछापमा आज जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नं. ४ की वडासदस्य पदमाया नेपाली रहेकी छन् । 

सो दुर्घटनामा अन्य ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेमध्ये जीप चालक गुणकुमार थापामगर र यात्रु दिलीप बरुवालको अवस्था गम्भीर रहेको छ ।

बाँकी चार जनाको अवस्था मध्यम रहेको र उनीहरुलाई जिल्ला अस्पताल लैजाने तयारी भइरहको प्रहरीले जनाएको छ । 

मन्थली बजारबाट सालुतर्फ जाँदै गरेको बा१८च १८३९ नम्बरको जीप भदौरेमा दुर्घटना भएको हो । 

दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ