arrow

केएमसी र नोबेलको टोली सप्तरीको बोधेबसाईइनमा, १३ सय बिरामीको उपचार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
sunil-sharma-81-6-6w.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र नोबेल मेडिकल कलेजेको संयुक्त स्वास्थ्य टोलीले सप्तरीको बोधेबर्साइनमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

जीपाँच महेन्द्र चुनी माध्यमिक विद्यालयको प्राङ्गणमा भएको उक्त शिविरमा १ हजार ३२३ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

 बिरामीमध्ये १४० जनाको भिडियो एक्सरे, ३७ जनाको ईसीजी, ६३ जनाको ईको तथा १०३ जनाको ल्याब परीक्षण गरिएको थियो । 

त्यस्तै ३५ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ । केएमसीमा शल्यक्रिया गर्न आउनेलाई निःशुल्क र नोबेलमा जानेलाई ५० प्रतिशत छुटमा शल्यक्रिया गरिने डा शर्माले बताएका छन् । 

उक्त कार्यक्रम नेपाली कांग्रेसका नगर सभापति दिपेन्द्र यादवको सभापतित्वमा भएको थियो । 

डा. शर्मा विशिष्ट अतिथि रहेको उक्त कार्यक्रममा कांग्रेस मधेस प्रदेश महामन्त्री विन्दु यादव, क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति सीताराम साहसँगै डा शर्माले मन्तव्य राखेका थिए । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ