- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । माल्दिभ्समा सम्पन्न काभा वुमन्स भलिबल क्लब च्याम्पियनशिप प्रतियोगिताको उपाधि जितेको नेपाल प्रहरीको महिला भलिबल टोली स्वदेश फर्किएको छ ।
नेपाल प्रहरीको टिमलाई त्रिभुवान अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । प्रतियोगितामा शनिबार भएको फाइनल खेलमा उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल प्रहरीको महिला भलिबल टोलीले उक्त उपाधि हासिल गरेको थियो ।
प्रतियोगितामा नेपाल प्रहरीको महिला भलिबल टोलीका उषा भण्डारी उत्कृष्ट आउट साइड हिटर तथा सर्वोत्कृष्ट खेलाडी, सुमित्रा रेग्मी उत्कृष्ट मिडल ब्लकर ट्रायल र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित भए ।