- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र नोबेल मेडिकल कलेजेको संयुक्त स्वास्थ्य टोलीले सप्तरीको डाक्नेश्वरीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
उक्त शिविरमा चार सय पाँच बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए ।
बिरामीमध्ये ५८ जनाको भिडियो एक्सरे, २७ जनाको ईसीजी, ३५ जनाको ईको तथा ८३ जनाको ल्याब परीक्षण गरिएको थियो ।
त्यस्तै ३८ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।
डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।