arrow

पत्रकार महासंघलाई सर्वोच्चले माग्यो लिखित जवाफ – निर्वाचन समयमा किन हुन सकेन ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ७ सोमबार
FNJ-Final.jpg

काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणबारे लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । 

धुव्रप्रसाद चौलागाईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तोकिएको समयमा निर्वाचन गर्न नसक्नुको कारण पत्रकार महासंघलगायत मातहतलाई सोधेको हो । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै विपक्षीका नाममा लिखित जवाफ मागेको हो ।

वर्तमान कार्यसमितिले तोकिएको समयमा निर्वाचन गर्न नसकेपछि चौलागाईंले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका ९ सिनामंगल, नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समिति काठमाडौं महानगरपालिका, ९ सिनामंगल, प्रेस काउन्सिल नेपाल काठमाडौं महानगरपालिका, ९ सिनामंगल , नेपाल पत्रकार महासंघ बागमती प्रदेश कार्यालय मुकाम मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं ४ नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुर मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं ११ लाई रिटमा प्रतिवादी बनाइएको छ ।

नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम हाललाई स्थगित भएको छ।  यसअघि नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि असोज १२ गते निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको थियो । 

मतदाता नामावलीमा भएको विवादका कारण पटकपटक निर्वाचन मिति तोकिए पनि महासंघको निर्वाचन प्रभावित हुँदै आएको छ । महासंघको निर्वाचन समयमा गर्न नसकेपछि  महासंघका अध्यक्ष विपुल पोखरेल र कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ