arrow

केएमसी र नोबेलको टोली सप्तरीको तिलाठी कोइलाडीमा, नौ सय बिरामीको उपचार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ८ मंगलबार
kmc-81-6-8tt.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र नोबेल मेडिकल कलेजेको संयुक्त स्वास्थ्य टोलीले सप्तरीको तिलाठी कोइलाडीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

उक्त शिविरमा नौ सय तीन बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

 बिरामीमध्ये १७३ जनाको भिडियो एक्सरे, ८३ जनाको ईसीजी, २३ जनाको ईको तथा ८१ जनाको ल्याब परीक्षण गरिएको थियो । 

त्यस्तै ६० जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ