arrow

संघीय मन्त्री पाण्डेसहित सातै प्रदेशका पर्यटन मन्त्रीको भेला

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ८ मंगलबार
badri-pandey-05-31.jpg

पोखरा । पर्यटनको राजधानी पोखरामा बुधबार सङ्घीयसहित सातै प्रदेशका पर्यटन मन्त्रीको भेला हुने भएको छ ।

विश्व पर्यटन दिवसको अवसर पारी पोखरामा पर्यटन मन्त्रीको भेला हुन लागेको हो ।

सङ्घीय मन्त्रीसहित सबै प्रदेशका मन्त्री मंगलबार साँझसम्म पोखरा आइपुग्ने गण्डकी प्रदेशका पर्यटन सचिव कुमानसिंह गुरुङले जानकारी दिए ।

उनका अनुसार बुधबार बिहान नेपाल सरकारका पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा सातवटै प्रदेशका पर्यटन मन्त्री सम्मिलित विषयगत समितिको बैठक बस्ने भएको छ ।

बुधबार दिउँसो गण्डकी प्रदेशका पर्यटन मन्त्रीको अध्यक्षतामा सङ्घीय मन्त्री, मुख्यमन्त्री र सबै प्रदेशका पर्यटन मन्त्री एवं पर्यटनसम्बद्ध सङ्घसंस्थाका प्रतिनिधिको सहभागितामा ‘पोखरा पर्यटन राजधानी नीति संवाद’ कायक्रम हुने उनले जानकारी दिए ।

सङ्घीय पर्यटनमन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्रीले सम्बोधन गर्ने कार्यक्रममा निजी क्षेत्र पोखरा पर्यटन परिषद्, पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारका तर्फबाट कार्यपत्रसमेत प्रस्तुत गरिने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ