arrow

लकडाउनको सदुपयोग गर्दा चित्रकार बनेकी एनिका

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ९ बुधबार
anekia-sapkota-lamjung.jpg

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका-८ कुसुण्डे निवासी एनिका सापकोटाले ‘लकडाउन’को समयलाई सदुपयोग गरी गर्न चित्र कोर्न थालिन् । कुनैबेला समय बिताउन चित्र कोर्न सुरु गरेकी उनी अहिले कुशल चित्रकार बनेकी छन् ।

आईटी इन्जिनियर सापकोटाले कोभिड महामारीको बेला भएको लकडाउनमा कुची र रङसँग मित्रता गरेकी थिइन् ।

‘कोरोनाको समयमा घर बाहिर निस्कन नहुने भयो, सोही समयलाई सदुपयोग गर्दै कुची र रङ खेलाउन थालेँ, अहिले व्यावसायिक रुपमा चित्र बेच्न थालेकी छु’, उनले भनिन् ।

एनिकाले कडा मेहनत र लगावका कारण आफू चित्रकार बनेको बताइन् । ‘फुपूदिदीको घरमा फर्निचर उद्योग थियो, सुरुआती दिनमा त्यहाँ गएका रङ, कागज र काठका टुक्रामा चित्र बनाउन सिक्थेँ, पछि इन्टरनेटको माध्यमबाट रङको समायोजन र कसरी चित्र बनाउने भन्ने विषयमा अध्ययन र अनुसन्धान गर्दै बनाउन थालेकी हुँ’, उनले भनिन् ।

आफ्नो इन्जिनियरिङको कामबाट केही समय सदुपयोग गरी वा कम्प्युटर हेर्दाहेर्दै दिक्क लागेको समयमा चित्र बनाउने बताउँछिन् । यसबाट ध्यान विकेन्द्रित हुने र मनलाई प्रफुल्लित बनाउने उनको अनुभव छ ।

उनले एउटा चित्र न्यूनतम सात हजारसम्म र अधिकतम् १२ हजार रुपैयाँसम्ममा बिक्री हुने उल्लेख गरेको बताइन् ।

उनी गत वर्ष गण्डकी प्रज्ञा-प्रतिष्ठान र क्यानले संयुक्त रुपमा आयोजना गरेको चित्रकला प्रतियोगितामा पुरस्कृत पनि भएकी थिइन् ।

घरमा बसेर आइटीको क्षेत्रमा देश विदेशका काम गर्नु र त्यसबाट फुर्सद निकालेर चित्र बनाउनु अहिले उनको दिनचर्या बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ