arrow
ADVERTISEMENT

सत्र वर्षे युवकको मोटरसाइकल दुर्घटनामा मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ९ बुधबार
accident-final.jpg

कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा कैलारी गाउँपालिका वडा नं ५ मनिकापुरका १७ वर्षीय सागर बिक रहेका छन् ।

मंगलबार राति मनिकापुरस्थित सडकमा बा८९प ६१३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा विक गम्भीर घाइते भएका थिए ।

उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ