arrow

कर्मचारीहरूलाई पर्यटन मन्त्री पाण्डेको चेतावनीः काम गर्न नसक्नेलाई पदमा बसिरहने छुट छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
badri-pandey-81-6-11.jpg

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरुलाई पदमा बसिरहने छुट नरहेको बताएका छन् । 

पर्यटन दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्  । उनले आफूले पनि काम गर्न नसके एक निमेष पनि मन्त्री भएर नबस्ने जिकिर गरे । 

कोही पनि निकायको प्रमुखहरुले काम गर्न नसके निकायमा बस्ने अधिकार नभएको बताए । उनले विविधतापूर्ण संस्कृति र प्रकृतिलाई व्यापक बनाउने दिशामा अघि बढिरहेको पनि बताए । 

उनले जीडीपीमा पर्यटन क्षेत्रको योगदानलाई बढाउन चाहेको बताए । मन्त्री पाण्डेले निजी क्षेत्रअघि नलागेसम्म मन्त्रालयले कुनै काम गर्न नसक्ने जिकिर गरे । उनले निजी क्षेत्र अघिअघि र मन्त्रालय पछिपछि रहने बताए । 

मन्त्री पाण्डेले हिउँदे अधिवेशन हाम्रो संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको इतिहासमा कानून बनाउने अधिवेशन हुने र हवाई नीति, पर्यटन, संस्कृति नीति बदलिने बताए । 

मन्त्री पाण्डेले निजी क्षेत्रले देशभक्ति र राष्ट्रभक्तिलाई सर्वोपरी राखेर नीति र कानून बनाउन लाग्नुपर्ने बताए । निजी क्षेत्रप्रति सरकार सम्पूर्ण रुपमा सकारात्मक रहेको उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ