arrow

खेलकुदका प्रशिक्षकहरुसँग परिषद छलफलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ११ शुक्रबार
sports-coaches-tankalal-ghi.jpg

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले विभिन्न खेलका मुख्य प्रशिक्षकसँग प्रशिक्षण, भावी योजना, समस्या लगायतका विषयमा चासो राख्दै छलफल गरेका छन् । 

सो अवसरमा सदस्य–सचिव घिसिङले मुख्य प्रशिक्षकलाई आफ्नो क्षमता सही ठाउँमा सदुपयोग गर्नुपर्ने सुझाउँदै, प्रशिक्षकहरूले आवश्यकता अनुसार समय–समयमा रिफ्रेसर कोर्स गर्नुपर्नेमा जोड दिए ।

सदस्य–सचिव टंकलाल घिसिङले विगतको प्रशिक्षण शैलीले मात्र सोचे जस्तो उपलब्धि हासिल गर्न नसकिने बताउँदै वैज्ञानिक प्रशिक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

उनले वैज्ञानिक प्रशिक्षणका लागि फिटनेस सेन्टर निर्माण र त्यसका लागि आवश्यक सामग्री खरिद प्रक्रियालाई अघि बढाइएको जानकारी गराए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ