arrow

बाढी पहिरोको उद्धारमा मुलुकभर २० हजार सुरक्षाकर्मी परिचालन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १२ शनिबार
nepal-security-force-disaster-managment-2081.jpg

काठमाडौँ। अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद् जोखिममा परेका नागरिकहरूको खोज तथा उद्धारका लागि मुलुकभर २० हजार भन्दा बढी प्रहरी परिचालन भएको छ।

विपद्बाट हुने क्षति न्यूनीकरण, नागरिकको जिउधनको रक्षा र विपद्मा परेकाहरूको खोज तथा उद्धार, स्वास्थ्य उपचारमा सुरक्षाकर्मी सक्रिय रूपमा परिचालन भएको छ।

पछिल्लो पटकको बाढी, पहिरो र डुबानबाट एक हजार भन्दा बढी नागरिकको सकुशल उद्धार भइरहँदा नेपाल प्रहरीबाट दश हजार ४१ जना र सशस्त्र प्रहरी बल नेपालबाट दश हजार ५४० जना प्रहरी परिचालन भएका छन्।

जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै नेपाल प्रहरीको चार हजार सात सय ६० र सशस्त्र प्रहरी बलबाट तीन हजार ५ सय सुरक्षाकर्मी उद्धारमा खटिएका छन्।

त्यसै गरी नेपाली सेनाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चार जनाको हेलिकप्टरबाट उद्धार गरेको छ। सेनाको टोली देशभरको प्रभावित क्षेत्रमा परिचालन भएको छ। भने राष्ट्रिय अनुसन्धान विभाग सूचना सङ्कलनमा सक्रिय छ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले शनिवार दिउँसोसम्म एक हजार ५३ जनाको उद्धार गरिएको जानकारी दिए।

यसअघि गृहमन्त्री रमेश लेखकले उद्धार, राहत तथा घाइतेको स्वास्थ्य उपचारमा सरकार सक्रिय भएर लागि गरेको जानकारी दिए। उनले बाढी पहिरोमा अवरुद्ध सडक सुचारु गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ