arrow

नेपाल–दक्षिण कोरिया कूटनीतिक सम्बन्धः डिजिटल कला प्रदर्शनी जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १३ आइतबार
nepal-korea-81-6-12.jpg

काठमाडौँ । गणतन्त्र कोरियाली दूतावासले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औं स्वर्ण जयन्तीको अवसरमा यही सेप्टेम्बर २७ तारिख शुक्रबारदेखि आगामी मंगलबार अक्टोबर १ तारिखसम्म नेपाल कला परिषद् बबरमहलमा कोरियाली डिजिटल कला प्रदर्शनी आयोजना गरिरहेको छ।  

शनिबार उद्घाटन भएको डिजिटल कला प्रर्दशनी कार्यक्रमले नेपाल र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापनाको महत्वलाई थप उचाई दिएको थियो। 

दूतावासले आयोजना गरेको कार्यक्रममा प्रमख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत मन्तव्यका क्रममा कोरिया र नेपालबीचको सम्बन्ध अति विशिष्ठ रहेको र अन्य मुलुकसँग तुलना गर्न नमिल्ने बताए । 

त्यसैगरी दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ बनाउने धारणा राखे । नेपालको सामाजिक आर्थिक विकास सम्वन्धमा, कोरियाले शिक्षा, स्वास्थ्य, कृषि, जलस्रोत क्षेत्रमा पुर्‍याएको योगदानलाई उच्च सम्मान व्यक्त गरे । 

मन्त्री पाण्डेले कोरियाले हाल ५० हजार भन्दा बढी नेपालीलाई रोजगार उपलव्ध गराएर नेपालको विध्यमान बेरोजगार समस्या समाधानमा सहयोग गरेकोमा कोरियाली सरकारलाई धन्यवाद दिए । 

प्रत्येक वर्ष दुई करोड भन्दा बढी कोरियाली पर्यटकहरू विश्वमा घुम्ने गरेको र त्यसमध्ये नेपालमा आउने कोरियाली पर्यटकको सङ्ख्या तुलनात्मक रुपमा उल्लेख्य नभएता पनि हाल नेपाल भ्रमणगर्ने कोरियाली पर्यटक १० वटा देशमध्ये परेको उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि गणतन्त्र कोरियाली राजदूत पार्क थेयङले कोरिया र नेपाल भौगोलिक रूपमा टाढा भए पनि भावनात्मक रूपमा नजिक भएको उल्लेख गरे । उनले ‘हाल कोरियामा करिब ५० हजार हाराहारी नेपाली कामदार कार्यरत रहेको जानकारी गराएका थिए । 

त्यसैगरी कोरिया र नेपालबिचका समानताको विषय पनि उल्लेख गरे । यस्तै किसिमका डिजिटल कला प्रर्दशनी जस्ता कार्यक्रमले दुई देशका जनतालाई आत्मीय बनाउन सहयोग पुग्ने धारणा राखे । 

डिजिटल कला प्रर्दशनी कार्यत्रक्रम आगामी मंगलबारसम्म सर्वसाधारणका लागि खुला गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ