arrow

न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा, घटस्थापनाका दिनसम्म यस्तो रहनेछ मौसम 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
weather-02-18.jpg

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल कोशी प्रदेश,मधेस प्रदेश,वाग्मती प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। 

आज कोशी प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका केही स्थानहरू, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भोलि बुधबार कोशी प्रदेश,मधेस प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र बाग्मती प्रदेशका केही स्थानहरू तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।कोशी प्रदेश र बाग्मती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती कोशी प्रदेश,मधेस प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।कोशी प्रदेशका केही स्थानहरू तथा मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन-चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

घटस्थापनाका दिन बिहीबार कोशी प्रदेश,मधेस प्रदेश,वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र बाग्मती प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।कोशी प्रदेशका एक दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राती कोशी प्रदेश,मधेस प्रदेश,वाग्मती प्रदेश,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।कोशी प्रदेश र बाग्मती प्रदेशका केही स्थानहरू तथा मधेस प्रदेश ,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन-चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।



नयाँ