arrow

एभरेष्ट महिला भलिबलमा आज तीन खेल, चितवनको विजयी शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज १५ मंगलबार
volleyball-chitwan-81.jpg

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चितवन शक्तिले गण्डकी थण्डर्सलाई पराजित गरेको छ । राति सम्पन्न खेलमा चितवनले गण्डकीलाई ३–१ को सेटले पराजित गरेको हो ।

चितवनले पहिलो सेट २५–२२ ले जितेको थियो भने गण्डकीले दोस्रो सेट २५–१९ ले जितेको थियो । त्यसपछि चितवनले शानदार कमब्याक गर्दै तेस्रो सेट २५–२३ र चौथो सेट २५–१८ ले जितेको थियो ।

यस खेलमा उत्कृष्ट प्रदर्शन गरेकी चितवनकी सलिना बुढा मगर खेलको प्लेयर अफ द म्याच बनेकी थिइन् ।

यस अघि सोमबार ललितपुर र कर्णालीले आआफ्नो खेल जितेका थिए ।

लिगमा आज पनि तीन खेल हुँदै छन् । जस अन्तर्गत पहिलो खेल गण्डकी र कर्णालीबीच दिउँसो ३ः४५ बजेदेखि हुने छ भने दोस्रो खेल काठमाडौँ र चितवनवीच ५ः ४५ बजेदेखि शुरु हुने छ । त्यस्तै तेस्रो खेल ललितपुर र मधेशबीच ७ः४५ बजेदेखि शुरु हुने छ ।
  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ